मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १८:३५:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक, ५५ ताेला सुनसहित ६५ लाख नगद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १८:३५:००

नेपाली सेनाले प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सेनाले पहिलाे पटक प्रधानसेनापतिकाे सम्पत्ति विवरण सार्वजनिक गरेकाे हाे ।

कार्यवहाक प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको वेबसाईटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । आफ्नो एक वर्षे कार्यकालको अवसरमा उनले सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रम गरी सम्पत्ति वितरण सेनाको वेबसाईटमार्फत सार्वजनिक गरेका हुन् । त्यस अवसरमा उनले सेनामा आवद्ध सबैलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए । 

प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५ सय ९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ । त्यसैगरी, दुई वटा बैंकमा ६५ लाख नगद आफ्नो नाममा र श्रीमतीको नाममा ५० हजार नगद रहेको सेनाको वेबसाईटमार्फत सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । 

श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर सम्पत्ति रहेको तथा काठमाडौं, नवलपरासी र लमजुङमा घर जग्गा रहेको पनि प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा समावेश गरिएको छ । कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने घोषणासमेत गरेका थिए ।

प्रधानसेनापति थापाले सेनाका रथीवृन्द र अधिकृतहरुको सम्पत्तिको छानविनको कामलाई अघि बढाउने योजनाअघि सारे । उनले सेनालाई बदनाम गराउने कुनै काम आफूले गर्न नदिने चेतावनी दिए ।