बैंक कर्मचारीकाे गल्तीले एक करोड ३५ लाख खातामा जम्मा

२०७६ भदौ २४ मंगलबार १७:१५:००

अमेरिकाको मोन्टुर्सविलेका बासिन्दा रोबर्ट तथा टिफनी विलियम्सको बैंक खातामा कर्मचारीको गल्तीले एक करोड ३५ लाख रूपैयाँ 'ट्रान्सफर' भयो । पैसा ट्रान्सफर भएको केही दिनमा नै उनीहरूले एक करोड २३ लाखभन्दा बढी खर्च गरे । 

गल्ती भएर खातामा जम्मा भएको रकम खर्च गरेको भन्दै बैंकका कर्मचारीले उनीहरूविरूद्ध प्रहरी चौकीमा उजुरी दायर गरेका छन् । उजुरी दर्ता भएपछि लिकमिङ्ग मजिस्ट्रेट जिल्ला अदालतले उनीहरूमाथि रकम चोरीको आरोप लगाएको छ ।

पैसा खर्च गर्नेविरूद्ध सोमबार पहिलो सुनुवाई हुँदा उनीहरूले खातामा आएको पैसा खर्च गरेको बताएका थिए । उनीहरूले उक्त पैसाले एक एसयूवी, एक बस्ने शिविर, दुई पांग्रे सवारी साधनहरू र एक कार खरिद गरेका थिए । उनीहरूले केही पैसाले थप सामान खरिद गरेका थिए । यसका साथै उनीहरूले करिव १८ लाख साथीलाई सापटी दिएका थिए । एजेन्सी

सम्बन्धित समाचार