मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २४ मंगलबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार

पारिश्रमिक वृद्धिको माग राख्दै बुलिङटारका विद्यालय बन्द 

Read Time : < 1 मिनेट
२०७६ भदौ २४ मंगलबार १६:५३:००

बालविकास केन्द्रका सहयोगी कार्यकर्ताले पारिश्रमिक वृद्धिको माग राख्दै मंगलबार बुलिङटार गाउँपालिकाका विद्यालय बन्द गराएका छन् ।

गाउँपालिकाले पारिश्रमिक वृद्धि सम्बन्धि माग सुनवाई नगरेकाले चेतावनी स्वरुप एक दिन विद्यालय बन्द गरेको सहयोगी कार्यकर्ता बसन्ती बिकलले बताइन् ।

‘विकट क्षेत्रमा जम्मा ६ हजार रुपैयाँमा काम गर्नुपरेको छ,’ उनले भनिन्, ‘मेहेनत अनुसारको पारिश्रमिक छैन, गाउँपालिकाले आश्वासन मात्र दिएकाले विद्यालय बन्द गरेका हौं ।’ उनले माग सुनवाई नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिइन् ।

गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीले तलब बृद्धिका लागि श्रोत जुटाउन कार्यपालिका बैठकमा प्रस्ताव राख्ने बताए ।