१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १५:३८:००
Read Time : > 1 मिनेट
समाचार

विपीले देखाएको बाटोमा हिड्न सरकारलाई सांसद गिरीको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १५:३८:००

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उनले मुलुकको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिडेका साम्यवादी बाटोले नहुने भएकाले बैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताए । स्वर्गीय विपी कोइरालाले विकास गर्दा सधै मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने  कुरा बताएको स्मरण गर्दै उनले विपीले देखाएको बाटोमा हिड्न आग्रह गरे । 

उनले भने, 'कुनै पनि विकास कुनै पनि समाजवाद कुनैपनि  साम्यवाद मनुष्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ ।  मनुश्य साध्य हो । मनुश्य साधन होइन । केही हुदैन विकास हुदैछ । दुईचारवटा मान्छे मरे मरुन । दुईचार महिला बलात्कृत भए हुन् । भन्न पाइदैन । प्रत्येक मनुष्य साध्य हो । त्यो विपीको मान्यता छ ।'

विश्वभरमा नै अहिले विकासको बैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै उनले अनाहक ऋणको बोझमा पारेर सिंगापुर  र स्वीजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरे । 

उनले भने, 'विपीले बारम्बार भन्नुभयो विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पिएच डिलाई , डाक्टरलाई , बुद्धिजीवीलाई, विद्धानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु ।'

विपीले सधै ‘चहराइरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजारी र गुप्त बेरोजगारी सम्बोधन गर्न तथा ठुलाठुला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्दै उनले विकासको बारेमा विपीले देखाएको बैकल्पिक बाटो तर्फ सोच्न सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै सांसद अनिल कुमार झाले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा उद्धार, राहत र पुर्नस्थापनाको काम प्रभावकारी रुपमा संञ्चालन गर्न तत्काल विपद व्यवस्थापन प्राधिकरण गठन गर्न सरकारको ध्यानाकर्षण गराए । प्रत्येक वर्ष प्रदेश नम्बर २ मा बाढी र डुबानबाट ठूलो क्षति हुने गरेको भन्दै उनले त्यसको दोष छिमेकीलाई लगाउनुको सट्टा पुर्व तयारी लगायतको आवश्यक वन्दोबस्तीको काम गर्न तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिए । 

सांंसद रंगमति शाहीले शान्ति सुरक्षा, राजश्व असुली, जनताका न्यूनतम आधारभूत आवश्यकताको सर्वसुलभ आपूर्ति लगायत कुनै पनि क्षेत्रमा सरकार प्रभावकारी रुपमा उपस्थिति जनाउन नसकेको टिप्पणी गरिन् । साईकलमा स्याउ बेच्नेलाई कर लगाउने सरकारले एनसेलसँग कर असुली गर्न नसकेको आरोप उनले लगाइन् । 

उनले भनिन्, 'खाली हात जाने की भरि हात जाने भनेर हामीलाई चिन्ताको विषय भएको छ । जनताको माझ के सन्देश लिएर जाँउ ? प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाज कार्यालयको बोर्ड थन्किएको छ । टिकट काट्नका लागि आव्हान गर्नुहुन्छ । जनता लाईनमा छन् । जनताले टिकट पाएका छैनन भनेर जाम की ? मेलम्चीको पानी बगेर काठमाडौंका खाल्डा खुल्डीमा पानी भरिएको छ । ती खाल्डामा पानी जहाज चलेका छन् भनेर सन्देश लिएर जाम की ?'