Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : प्रचण्डकाे फेसबुक पेजबाट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १३:५६:००
Read Time : < 1 मिनेट
समाचार

चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २४ मंगलबार १३:५६:००

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । 

चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमणको अन्तिम दिन मंगलबार बिहान काँग्रेस सभापति देउवा र सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । काठमाडौंको नक्सालस्थित होटल म्यारियोटमा भएको भेटवार्तामा दुवै पार्टीका नेताहरुसँग विदेशमन्त्री वाङले दुई पक्षीय हित र दुई पार्टीबीचको सम्बन्धमा विषयमा छलफल गरेका थिए । पहिलो भेट प्रमुख प्रतिपक्षका नेता देउवासहितका कांग्रेस प्रतिनिधिमण्डलसँग गरेका उनले त्यसपछि सत्तारुढ नेकपाका अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्ता उत्साहवद्र्धक रहेको सत्तारुढ नेकपाका अध्यक्ष दाहालले प्रतिक्रिया दिए । उनले चिनियाँ विदेशमन्त्रीसँगको सो भेटपछि दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने, नेपालको आर्थिक विकासमा चिनियाँ लगानी थप हुने तथा दुई पार्टीबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । 

चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमणबारे पनि चासो व्यक्त गरेका थिए । 

आइतबार साँझ नेपालको ३ दिने औंपचारिक भ्रमणका लागि आएका चिनियाँ विदेशमन्त्री वाङले सोमबार राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली शिष्टाचार भेटवार्ता गरेका थिए । साथै समकक्षी प्रदिप ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए । 
चिनियाँ विदेशमन्त्री वाङ मंगलबार(आजै) अपरान्ह स्वदेश फर्कर्ने छन् ।