मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २४ मंगलबार १३:०७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

अमलेखगञ्जमा पाइपालाइनबाट पेट्रोलियम पदार्थ आउन सुरु 

Read Time : < 1 मिनेट
२०७६ भदौ २४ मंगलबार १३:०७:००

अमलेखगञ्ज डिपोमा मंगलबारदेखि पाइपलाइनबाट इन्धन आउन थालेको छ । मध्यान्ह १२ बजेर १५ मिनेट जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबाद हाउसबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका थिए । दुवै प्रधानमन्त्रीले उद्घाटन गरेसँगै भारतको विहार राज्यको मोतिहारीबाट ढक्कन खोलेर तेल पठाउन सुरु गरिएको हो । 

पाइपलाइनबाट प्रति घण्टा २ लाख लिटर तेल आउँछ । पाइपलान नहुँदा दैनिक ५ सय ट्याकंरले भारतबाट तेल ओसार्ने गरेका थिए । त्यसको ढुवानी खर्चमात्र वार्षीक २ अर्ब हुन्थ्यो । त्यसबाहेक पाइपलाइनबाट तेल ल्याउँदा चुहावट रोकिने र गुणस्तर कायम रहन्छ । 

नेपाल आयल निगमले त्यस्ता खर्च जोगिने भएपछि आजदेखि इन्धनको मूल्य घटाएको छ ।