१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मनिष खड्का
२०७५ पौष २३ सोमबार १५:५३:००
Read Time : < 1 मिनेट
प्रदेश

हिमपातपछि बेंसी झर्दै रुकुम पूर्वका स्थानीय 

Read Time : < 1 मिनेट
मनिष खड्का
२०७५ पौष २३ सोमबार १५:५३:००

हिमपात भएपछि रुकुम पूर्वका विभिन्न लेकमा रहेका स्थानीय तल्लो भेगमा झर्न थालेका छन् । आइतबार रातिदेखि वर्षासँगै हिमापत भएपछि लेकमा बस्नेहरु चिसो छल्न तल्लो भेगमा झर्न थालेको भुमे गाउँपालिका अध्यक्ष रामसुर बढाले बताए ।

हिमपातसँगै जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण जिल्लावासी बाहिर निस्कन सकेका छैनन् । जिल्लाको सबैभन्दा हिमाली भेगमा पर्ने पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश भुभाग हिउँले पुरिएर सेतै भएका छन् । भुमे गाउँपालिका र सिस्ने गाउँपालिकामा पनि हिमपात भएको छ । तल्लो भेगहरुमा भने सामान्य हिमपात भएको छ ।