मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ पौष २३ सोमबार १६:००:००
Read Time : < 1 मिनेट
समाचार

माइक्रोबसको ठक्करबाट समाखुसीमा एकको मृत्यु, चार घाइते

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष २३ सोमबार १६:००:००

सामाखुसीमा माइक्रोबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् । दिउँसो करिब १२ बजे चक्रपथ हुँदै बौद्ध जोरपाटी चल्ने बा १ ज ९७६६ नम्बरकाे माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीय सीता दाहालको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले बाटो काट्ने क्रममा माइक्राेबसले ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारका क्रममा अल नेपाल अस्पताल सामाखुसीमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा कोटेश्वर बस्ने सरिता अधिकारी, उनका श्रीमान् सुशील अधिकारी, अल नेपाल अस्पतालमा कार्यरत नर्स सपना राई र लक्ष्मी सापकोटा घाइते भएका छन् । घाइतेमध्ये सापकोटाकाे अवस्था गम्भीर भएको कार्कीले बताए । दुर्घटना गराउने माइक्रोबस र बसका चालक रामेछापका ४० वर्षीय टङ्कराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।