Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २३ सोमबार २०:०६:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २३ सोमबार २०:०६:००

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण छिट्टै हुने बताएका छन् । उनले चिनियाँ विदेशी मन्त्री वाङ यीसँगको भेटमा सो विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह भएको प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङले उपयुक्त समयमा राष्ट्रपति सिको नेपाल भ्रमण हुने बताएका थिए ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गरेकाे प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । त्यस क्रममा प्रधानमन्त्री ओलीले चीनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा पुर्याउँदै आएको सहयोगबारे प्रशंशा गरे । नेपाली भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने नेपालको अडान पनि प्रधानमन्त्री ओलीको दोहोर्याएका भट्टराईले जानकारी दिए ।

भेटमा विदेशमन्त्री वाङले राष्ट्रपति सि र चिनियाँ सरकारले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुःखी नेपाली’को नारालाई समर्थन रहेको सन्देश पठाएकाे बताए । त्यस क्रममा चिनियाँ राष्ट्रपति सि र सरकारले प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य लाभको कामना गरेकाे भट्टराईले जानकारी दिए । भेटमा चीन र नेपालबीच भएको द्विपक्षीय समझदारी कार्यान्वयनमा जोड दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यसलगत्तै चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेट गरेका थिए ।