१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ पौष २३ सोमबार १२:३०:००
Read Time : < 1 मिनेट
प्रवास

युएईका जेलमा दुई सय नेपाली 

Read Time : < 1 मिनेट
२०७५ पौष २३ सोमबार १२:३०:००

युएईका विभिन्न जेलमा दुई सय जना नेपाली रहेको नेपाली दुतावसले जनाएको छ । नेपाली दुतावास अबुधावीले संयुक्त अरब इमिरेट्स(युएइ)का विभिन्न प्रान्तहरुमा रहेका केन्द्रीय जेलहरुको भ्रमण पश्चात तयार पारेको तथ्यांक आइतबार सार्वजानिक गर्दै उक्त कुरा बताएको हो ।

दुतावासका अनुसार युएईको दुवई, शारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका ८ वटा जेल भ्रमण गरि प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार एक सय ८८ जना पुरुष र १२ जना महिला गरि दुई सय जना नेपाली जेलमा रहेको उल्लेख छ । 

नेपाली दुतावासकी द्वितीय सचिव बिष्णुकुमारी अधिकारी, जनसम्पर्क अधिकृत इरफान आलमलगायतका प्रतिनिधिहरुले जेल भ्रमण गरेका थिए । 

मादक प्रदार्थ सेवन प्रमुख कारण 
जेल भ्रमणपछि तयार पारिएको प्रतिवेदनमा मादक पदार्थ सेवनका कारणले सबै भन्दा धेरै नेपालीहरु जेलमा रहेको उल्लेख छ ।

जेलमा रहेका दुई सय नेपाली मध्ये एक सय १६ जना रक्सीको कारण रहेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाएको, झैझगडा गरेको कारण जेलमा रहने नेपाली ५८ प्रतिशत रहेको छ । अन्य कारणहरुमा हत्या, चोरी, किर्ते, ड्रग्स लगायत रहेका छन् ।