मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी  टोकियो
२०७६ भदौ २३ सोमबार ०९:१८:००
Read Time : < 1 मिनेट
विश्व

जापानकी पूर्वमहारानीलाई स्तन क्यान्सर

Read Time : < 1 मिनेट
एजेन्सी  टोकियो
२०७६ भदौ २३ सोमबार ०९:१८:००

जापानकी पूर्वमहारानी मिचिको हिरोहितोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिएको छ । ८४ वर्षीया महारानीको क्यान्सरको आइतबार टोकियो विश्वविद्यालयको अस्पतालमा शल्यक्रिया गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

शल्यक्रिया गर्नुअघि पूर्वराजा अकिहितो र उनकी छोरी सायाको कुरोदाले मिचिकोलाई अस्पतालमै भेटेका थिए । सर्वसाधारणसँग विवाह गरेपछि सायाको राजकुमारी  पदवी खोसिएको थियो । जापानका पूर्वराजा अकिहितो र पूर्वरानी मिचिकोले विश्वमा परम्परागत राजतन्त्रलाई नाटकीय रूपमा आधुनिकीकरण गरेको मानिन्छ । पूर्वरानी मिचिकोको जन्म सन् १९३४ मा टोकियोस्थित टोकियो विश्वविद्यालयको अस्पतालमै भएको थियो ।

विश्वविद्यालयमा अंग्रेजी साहित्य पढ्नुअघि उनले बालिका मात्र पढ्ने क्रिस्चियन स्याक्रिड हार्ट स्कुलमा अध्ययन गरेकी हुन् । सन् १९६० मा उनले वर्तमान राजा नारुहितोलाई जन्म दिएकी थिइन् । उनको  दोस्रो छोरा अकिसिनोको जन्म सन् १९६५ मा भएको हो ।