१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ भदौ २३ सोमबार ०७:४०:००
Read Time : < 1 मिनेट
समाचार

धरहरा निर्माण छिटो सक्न आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ भदौ २३ सोमबार ०७:४०:००

काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जाने बाटोको निरीक्षण गरेका छन् । वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जन, वडासदस्य अनिल हाडालगायतको टोलीसहित मेयर शाक्यले आइतबार निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा उनले धरहरा निर्माणको काम छिटो सकिनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘राष्ट्रको गौरव धरहराको काम छिटो सक्नुपर्छ । कामलाई तीव्रताका साथ अगाडि बढाउनुहोला ।’

दिवंगत भएको परिवारको सम्झनामा हरेक वर्ष इन्द्रजात्रा नजिकको द्वादशीमा शान्तिका लागि उपाकु गर्ने चलन छ । दिवंगत भएको परिवारको सम्झनामा दियो र धूपबत्ती बाल्दै उपाकु जाने बाटो सधैँभरि खुला रहने स्पष्ट पारे । वडाध्यक्ष महर्जनले पनि वडा समिति र स्थानीयको पहलमा यसअघि पनि उपाकु जाने बाटो खुला गरेको स्मरण गराउँदै धरहरा निर्माणले कुनै अवरोध नहुने बताए । 

शाक्यले धरहरा निर्माणका क्रममा केही समस्या भए आफूहरूलाई भन्न आग्रहसमेत गरे । ‘धरहरा निर्माणमा ढिलासुस्ती गर्ने छुट तपाईंहरूलाई छैन,’ उनले भने, ‘केही समस्या भए हामीलाई भन्नुस्, तर काम समयमै सकिनुपर्छ ।’

धरहरा सबैको साझा सम्पदा भएको भन्दै उनले स्थानीय र महानगर धरहरा समयमै बन्नुपर्छ भन्नेमा प्रस्ट रहेको बताए । ‘यहाँ सम्पदा संरक्षण गर्नुपर्छ भन्ने चिन्ता हामीलाई पनि छ,’ उनले भने, ‘हामी पुनर्निर्माण गर्छौँ र सम्पदा पनि बचाउँछौँ ।’ धरहरा निर्माण गरिरहेको रमण जेभीले २३ प्रतिशत काम सम्पन्न भएको जानकारी मेयर शाक्यलाई गराएको छ ।