Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २२ आइतबार २१:२६:००
Read Time : < 1 मिनेट
साहित्य

‘विपी कोइरालाको डायरी’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २२ आइतबार २१:२६:००

विपी कोइरालाले २००८ देखि २०१३ सालसम्म लेखेको पुस्तक ‘बीपी कोइरालाको डायरी’ काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री तथा विपी पुत्र शशांक कोइरालासहित नरहरि आचार्य, प्रा.डा. शेखर कोइराला, लेखक पुरुषोत्तम बस्नेत, डा. शोभाकर पराजुली, पत्रकार चन्द्रकिशोर, पुस्तकका सम्पादक तथा सङ्कलक पदमबहादुर थापा, अनुवादक महेश पौडेल र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा लोकार्पण पुस्तक लाेकार्पण गरेका थिए ।

लोकार्पण समारोहमा बैल्दै अनुवादक महेश पौडेलले आफूले अनुवाद गर्दा विपीबाट धेरै सिक्ने अवसर पाएको बताए । विपीलाई आजसम्म साहित्यकार र राजनीतिक व्यक्तित्वको रुपमा मात्र चिनेकोमा उनसँत चित्रकारिताकाे समेत अपूर्ण ज्ञान रहेको डायरी पढ्दा पाएको बताए ।

यसैगरी पुस्तक माथि बोल्दै प्रा.डा. शेखर कोइरालाले पुस्तक डायरी मात्र नभएर युवा पिडीका लागि संघर्षको अभिलेख रहेको उल्लेख गरेका थिए । यस्तै नेपाली कांग्रेसका बाैद्धिक नेता नरहरि आचार्यले कोइरालाको डायरी आफूले तिन पटकसम्म पढिसक्दा पनि चित्त नबुझेको र फेरि पढ्न मन लागेकाे बताएका थिए ।

विपीसँगको आफ्नो संस्मरण सुनाउँदै कांग्रेसका महामन्त्री तथा विपी पुत्र शशांक कोइरालाले पुस्तकले विपी अध्ययन गर्न चाहने र साहित्य, चित्रकारिता बुझ्न चाहनेका लागि महत्वपूर्ण र सहज रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा डा. शोभाकर पराजुलीद्वारा लिखित पुस्तक लोकतन्त्र र समाजवादको परिचर्चा भएको थियो । कार्यक्रम प्रकाशक शिखा बुक्सको आयोजना गरेको थियो । विपी कोइरालाको डायरीको मूल्य ३५० रूपैयाँ, लोकतन्त्र र समाजवादको मूल्य रु. ३७५ र नेपाली कांग्रेसको इतिहासको प्रारुपको मूल्य ९९५ रूपैयाँ रहेको छ ।