१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २२ आइतबार १८:३७:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल आइपुगे चिनियाँ विदेशमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २२ आइतबार १८:३७:००

चीनका विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार अपरान्ह काठमाडौं आइपुगेका छन् । उनी पाकिस्तान हुँदै नेपाल आइपुगेका हुन् । चीनका विदेशमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र परराष्ट्र सचिव शंकरदाश बैरागीले स्वागत गरेका थिए ।

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि विदेशमन्त्री नेपाल भ्रमणमा आएका हुन् । चीनका राष्ट्रपति करिब एक महिनापछि नेपाल आउने कार्यक्रम छ ।  उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम छ ।