मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २२ आइतबार १५:५४:००
Read Time : < 1 मिनेट
समाचार

संविधानमा भएको छुवाछुत विरोधी व्यवस्था कार्यान्वयन नभए आन्दोलनको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २२ आइतबार १५:५४:००

जातीय विभेद र छुवाछुत हुन नदिन गरिएको संवैधानिक व्यवस्था कार्यान्वयन गर्न सरकार र प्रमुख प्रतिपक्ष दल कांग्रेस प्रतिवद्ध नरहेको भन्दै दलित समूदायले आपत्ति जनाएका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा गरी संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्न सरकार र प्रमुख प्रतिपक्ष दल कांग्रेस तयार नभएको आरोप लगाएका हुन् । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आन्दोलनमा जान बाध्य हुने चेतावनी समितिले दिएको छ ।

दलित समुदायका लागि संविधानमा गरिएको कुनै पनि व्यवस्था कार्यान्वयनमा लैजान सरकार र राजनीतिक दलले चासो नदेखाएपछि आन्दोलनमा जाने निष्कर्षमा पुगिएको जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङले जानकारी दिए । 

दलितसँग सम्बन्धित विभिन्न संघ, संगठनहरु आवद्ध रहेको संघर्ष समितिले दलित मुक्तिका लागि गर्ने आन्दोलनमा साथ दिन सबैलाई अपिल गरेको छ ।