मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रुपचन्द्र अधिकारी    
२०७६ भदौ २२ आइतबार १३:१२:००
Read Time : > 5 मिनेट
ब्लग

सभ्यता विमुख हुँदै नेपाली समाज

Read Time : > 5 मिनेट
रुपचन्द्र अधिकारी    
२०७६ भदौ २२ आइतबार १३:१२:००

प्रसिद्ध पूर्वीय दार्शनिक तथा अर्थशास्त्री चाणक्य भन्छन्, ‘फूलको सुगन्ध हावातिर मात्र फैलिन्छ तर मान्छेका राम्रा कामको सुगन्ध चारैतिर फैलिन्छ ।’ यथार्थमा मान्छेले राम्रा काम गर्नुपर्छ भन्ने चेतको विकास पक्कै पनि एकैपटक नआएको हुनुपर्छ । जीवित प्राणी मध्येको मान्छेले आफ्नो मस्तिष्कले निर्देश गरे बमोजिम र भौतिकवादले सम्भव देखेसम्मका काम सहजै फत्ते गर्न सक्छ । यसर्थ आज परिवार, इष्ट–मित्र, समाज र विपरित लिंगीप्रतिको अनुशासन, त्यो पनि परिवारभित्र मात्र हैन समाजभित्र कायम गर्नु पक्कै पनि चानचुने कुरा थिएन । पारस्परिक सहायता, सहयोग, सद्भाव, एकता, न्याय, समानता, समता, संरक्षण आदी त दोस्रो कुरा भए । जुन कायम गर्न इतिहासका पाना पल्टाउँदा देखिने र इतिहासमा अलिखित धेरै मानव सभ्यता र तिनका विकास क्रमको ठूलो योगदान रहेको छ । जसले नै सभ्य, सु–संस्कृत र न्यायपूर्ण समाज निर्माण र रुपान्तरणको जग निर्माण गरेका हुन् । 

महत्वपूर्ण केहि सभ्यता
अफ्रिकाको नाइल (प्राचिन कालमा नील भनिने) नदीको किनारबाट प्राचिन मिश्रको सभ्यता विकास भएको पाइन्छ । मस्तिष्कले पेट भर्न र शारीरिक आवश्यकता मात्र पुरा गर्न निर्देशित मान्छे यस सभ्यताबाट ‘शान्तिसँग बसौँ र अरुलाई पनि बस्न दिऔँ’ भन्ने सामाजिक मान्यताबाट अभिप्रेरित भएको हो । पूर्वी सिरीया र इराकमा विकसित मोसोपोटामियाको सभ्यतामा शासनको चेत विकास भई शासक र समाजको व्यहारीक सुरुवात भयो । यसै अन्तरगत पर्ने युफ्रेटस र टिग्रीस नदीको किनारमा विकसित सुमेरीयाको सभ्यताले श्रम विभाजन र मान्छेलाई आस्था, विश्वास र अनुशासनमा बाँध्न मन्दिर बनाई पाठपूजा गर्ने प्रचलनको सुरुवात ग¥यो । त्यतिनजेलसम्ममा न्याय व्यवस्थामा टिट फर ट्याट र आई फर आई साथै टुथ फर टुथको मान्यता विकास भइसकेको थियो । त्यसपछि मात्र सेमेटिका भाषामा ३६०० पंक्ति र २८५ धाराको कानूनी संहिता जारी भएको हो । 
सिन्धुघाँटिको सभ्यतामा नै ३३ कोटि देवता रहेको मान्यता राख्ने हिन्दु धर्मको विकास भएको मानिन्छ । त्यस्तै दक्षिण–पूर्वी युरोप र भू–भध्य सागरको उत्तरी भागमा विकसित युयानी सभ्यतामा राष्ट्र एकताको विकासमा नयाँ आयाम सिर्जना गर्ने गरी जियसको सम्मानमा ४.४ वर्षमा प्र्राचिन ओलम्पिक खेल आयोजना गर्ने प्रचलनको सुरुवात भएको थियो । यसै कालमा महाकवि होमर र उनका इलियाड र ओडेडसी जस्ता महाकाव्य प्रसिद्ध भए । यि सम्पूर्ण प्रयासहरुद्वारा ‘जनतन्त्र’को स्थापनाकालागि आयाम प्राप्त भयो ।  तसर्थ आजपनि विश्वको पुरानो प्रजातन्त्र भएको मुलुकको रुपमा ग्रीस (प्राचिन युयान) लाई चिनिन्छ । यि बाहेक समयक्रमसँगै रोम सभ्यता तथा चिनियाँ सभ्यता हुँदै पुर्नजागरण कालमा भएका विभिन्न सामाजिक सुधारका कार्य, म्याग्नाकार्टाबाट विकसित भएको नो ट्याक्सेसन विथ आउट रिप्रिजेन्टेसन र नो स्पिण्डिङ विथ आउट लेजिसटेसन जस्ता आदर्श राज्यका मान्यताको विकास हुँदै गएको नजरअन्दाज गर्न सकिन्छ । गौरवमय क्रान्ति, औद्योगिक क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति, रुसी अक्टोबर क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम, अमेरिकी स्वतन्त्रता संग्राम लगायत विभिन्न ऐतिहासिक घटनाक्रमले भिन्नै सभ्यता, संस्कृति र चिन्तनको सुत्रपात गरेका छन् । 

नेपाली समाजको विकासक्रम 
नेपाली समाजलाई संविधानले बहुलवादमा आधारित भनेको छ । तथापि भारतको पुरानो नाम ‘हिन्दुस्तान’ रहनु, सन्धुघाँटिको सभ्यता पाकिस्तान स्थित (सन् १९४७ अघिसम्म भारत) सिन्धु र रावी नदीको बीच भाग तिर विकसित हुनु र यसैको देनको रुपमा हिन्दु धर्मको विकास हुनु, यो सभ्यताको उद्गम स्थल भौगोलिक दुरीका हिसाबले तुलनात्मक रुपमा नेपालबाट कम रहनु आदि तथ्यहरुले मुलतः प्राचिन नेपाली समाज हिन्दु दर्शनमा आधारित भएको अनुमान लगाउन उति गाह«ो पर्दैन । विश्वको पुरानो र वैज्ञानिक भाषा ‘संस्कृत’, विश्वको सबैभन्दा पुरानो ग्रन्थ ‘महाभारत’ आदि जस्ता तथ्यले नेपाली समाज सभ्यताको विकासमा अग्रणी थियो भन्ने त छँदैछ । साथसाथै प्राचिन मध्येको पुस्ताको मानव रामापिथेकसको कंकाल बुटवलस्थित तिनाऊ नदीको किनारमा फेला पर्नुले पनि मानव जातिको उत्पत्ति कतै न कतै एसिया र यसको पनि दक्षिणी भेगमा अझ नेपालकै भूगोलमा भएको अनुमान लगाउन सकिन्छ । 

शिशुको जन्म भएपश्चात् निर्वाह गर्नुपर्ने जिम्मेवारी भन्दा जन्म पूर्व विभिन्न नाममा पार्टी–प्यालेसमा हुने पार्टीहरु विशेष हुन थालेका छन् । मौलिक गीत, संगीत र भाषाको उच्चारण पछिल्लो पुस्तालाई असहज बन्न थालेको छ । न्याय महँगो भएको छ । ‘अधिकार र न्याय बिक्रीका बिषय होइनन्’ भन्ने म्याग्नाकार्टाको मान्यताको ठिक विपरीत धारमा देखा परेको छ 

वैदिक काल अनुसार समयलाई सत्य, त्रेत्रा, द्वापर र कली भनि विभाजन गरिएको छ । जस अनुसार क्रमशः ययाती, रामचन्द्र, युधिष्ठिर र भोजराजलाई उपरोक्त समयको चक्रवर्ती राजा मानिन्छ । हिन्दु धर्मावलम्वीका ३३ कोटी देवता मध्ये ब्रम्हा, बिष्णु, महेश्वर(शिव),कृष्ण, रामचन्द्र (हालको भारतमा राज्य भएका), सीता, पार्वती आदीको नामोच्चारण बढी हुन्छ । जसको जन्म÷उत्पत्ति यहि भूमीमा भएको धार्मिक ग्रन्थहरुमा पाइन्छ । चार धामदेखि पशुपतिनाथ, मिथिला धाम, लंका(हालको श्रीलंका)आदिबाट प्रष्ट हुन्छ कि, हिन्दु वैदिक काल यहि आसपासमा अवतरित थियो ।

विशेषत विश्वको पुरानो महाभारतका रचियता महर्षि वेदव्यासको जन्म नेपालकै तनहुँमा भएको तथ्यले नेपाली समाजको शिक्षा, चेतना, संस्कृतिको विकासको अवस्थाको प्रतिनिधित्व गर्दछ । वैदिक काल बाहेक नेपालको इतिहासमा यो भूभाग समय–समयमा विभिन्न परिवार÷वंशबाट शासित हुँदै आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रुपमा अवस्थित छ । गोपाल वंश, आभिर वंश, किरात वंश, सोम वंश, लिच्छवी वंश, मल्ल वंश, शाह वंश आदि शासनकालहरु लोकतान्त्रिक मूल्य र मान्यताका हिसाबले कति सु–सज्जित थिए, त्यो अलग हो । तर यि कालहरुमा पनि केहि समाज सुधारका कार्य, विशेष गरी सांस्कृतिक सम्पदाको निर्माण र विकासका लागि निकै महत्वपूर्ण भएको पाइन्छ । तथापि आजको जस्तो सूचना, सञ्चार तथा प्रविधिको अभावमा ति पूर्ण थिएनन् र हुन पाएनन् । 

नेपाली समाजको अवस्था 
वर्तमानमा हरेक क्षेत्रमा नवीन आयामहरुको अभ्यास भइरहेको छ । यो नेपाली समाजको मात्र चरित्र नभएर विश्वव्यापी प्रभाव हो । तर विश्वव्यापीकरणको आन्तरीकरणमा हाम्रा प्राचिन मूल्य, मान्यता, सु–संस्कृत प्रथा र परम्परा आदिको समायोजन नगर्दा सभ्य समाजको निर्माण हुन सकेको छैन । निर्माण त हुन सकेन सकेन, विकास र रुपान्तरणका क्रममा पनि कर्तव्य, दायित्व र जिम्मेवारी विमुखताले सँगसँगै प्रश्रय पाइरहेको अवस्था छ । जसकालागि पछिल्लो समय सामाजिक सञ्जाल, युटुव पत्रकारिता, नियमनबिनाका अनलाइन पत्रिका, अर्धचेतले अल्झेको नागरिक चेतना र राजनीतिक असक्षमता आदि बिषयहरु मसलादार माध्यम बनिरहेका छन् । प्रविधिका पछिल्ला उपजको सहि उपयोग गर्न नसक्दा आज राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, न्यायिक एवंम मानवीय पक्षको निरन्तर क्षति भइरहेको छ । 

विश्वको पुरानो र वैज्ञानिक भाषा ‘संस्कृत’, विश्वको सबैभन्दा पुरानो ग्रन्थ ‘महाभारत’ आदि जस्ता तथ्यले नेपाली समाज सभ्यताको विकासमा अग्रणी थियो भन्ने त छँदैछ । साथसाथै प्राचिन मध्येको पुस्ताको मानव रामापिथेकसको कंकाल बुटवलस्थित तिनाऊ नदीको किनारमा फेला पर्नुले पनि मानव जातिको उत्पत्ति कतै न कतै एसिया र यसको पनि दक्षिणी भेगमा अझ नेपालकै भूगोलमा भएको अनुमान लगाउन सकिन्छ

राजनीतिक क्षेत्रमा नेतृत्वले अपनाउनुपर्ने लोकतान्त्रिक मूल्य, मान्यता र सदाचारीतामा ह«ास आएको छ । नागरिक तहमा विचारको प्रतिस्पर्धा प्रवद्र्धन गर्नुपर्नेमा स्वार्थ र सस्तो लोकप्रियताको पछि भिड जम्मा हुने गरेको छ । आर्थिक क्षेत्रमा संगठित अपराध, आतंकवाद, एकाधिकार र भ्रष्टाचार मौलाएको छ । नाफाखोर प्रवृत्ति बिरुद्ध मानवीय पक्ष निकै क्षीण भएको छ । सामाजिक कुरितिको विस्तारै अन्त्य हुँदै गयो तर सामाजिक र सांस्कृतिक मान्यतामा आधारित जात्रा, नाच, नेपाली मौलिकताले सु–सज्जित चाडपर्व लोपोन्मुख अवस्थामा छन् । शिशुको जन्म भएपश्चात् निर्वाह गर्नुपर्ने जिम्मेवारी भन्दा जन्म पूर्व विभिन्न नाममा पार्टी–प्यालेसमा हुने पार्टीहरु विशेष हुन थालेका छन् । मौलिक गीत, संगीत र भाषाको उच्चारण पछिल्लो पुस्तालाई असहज बन्न थालेको छ । न्याय महँगो भएको छ । जे नहुनु पर्ने, अर्थात् ‘अधिकार र न्याय बिक्रीका बिषय होइनन्’ भन्ने म्याग्नाकार्टाको मान्यताको ठिक विपरीत धारमा देखा परेको छ । 

यसरी समयक्रमसँगै हामीले परिवर्तन आत्मसाथ ग-यौँ । विडम्बना ! यस क्रममा चुनौतिको सामना गर्न सकेनौँ । यो भन्दा अत्यास लाग्दो पछिल्लो नेपाली समाजको अवस्था चै मानवीय पक्षमा आएको ह«ास नै हो । बजारमा किनेर उपभोग गर्नुपर्ने वस्तुको गुणस्तर मानव स्वास्थ्य नै जोखिममा हुनेगरी प्रदुषित हुनु, शिक्षामा व्यापारीकरण, स्वास्थ्यमा व्यपारीकरण, कृषि भूमीको टुक्राबन्दि गरी भू– माफिया मार्फत् नाफाखोर मौलाउनु, यातायातमा सिण्डिकेट, सञ्चार जगतमा मौलाएको अराजकता, यि सबै पछिल्लो नेपाली समाजका विशेषता बनेका छन् । 

नेपालमा प्रजातन्त्रको उदय भए पश्चात् वि.सं २०१७ देखि २०४६ बीचमा लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारमा केहि निरंकुशता पक्कै आएको पाइन्छ । तथापि त्यहि काल, अझ जहानियाँ राणा शासन हुँदाकै अवस्था र प्राचिन कालमा बनेका ठूला दरबारमा बसेर पुर्खाको सतिसराप गर्ने र सांस्कृतिक धरोहरको जिणोद्वार गर्न नसक्ने परिपाटी नै सामाजिक विचलनको प्रमुख स्रोत बनेको छ । स्वतन्त्रताको कुनै हद हुन्छ वा हुँदैन ? अधिकार माग्न सक्नेले कर्तव्य र दायित्व पुरा गर्न सक्नु पर्छ वा पर्दैन ? यि दुई कुराको गहन मनन बिना जतिनै सैद्धान्तिक धरातलका सिँढि चढे पनि न त सामाजिक तथा सांस्कृतिक अतिक्रमण रोकिन्छ न त विकासले रुपान्तरणको गति आत्मसाथ गर्न सक्छ । यसतर्फ सवै नागरिकको ध्यान केन्द्रित हुन सकोस् ।