मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २३ सोमबार ११:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पश्चिमी वायुको प्रभावले काठमाडौंमा वर्षा,फुलचोकी, चन्द्रागिरिलगायतका ठाउँमा हिउँपात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २३ सोमबार ११:३४:००

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फुलचोकी, चन्द्रागिरिलगायतका काठमाडौँ उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ । 

सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा भएपनि बेलुकादेखि मौसममा सुधार हुँदै  जाने विभागका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिए । 

काठमाडौंको दक्षिणपश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा हिमपात सहित बाक्लो हिउँ जमेपछि चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष सहकर्मीहरूसँग चुचुरोमा रमाउँदै 
तस्बिर :   राजु पौडेल