मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २१ शनिबार १८:४६:००
Read Time : < 1 मिनेट
सप्तरंग

फिल्म सुटिङमा साइकल लिएर निस्किए सलमान खान  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २१ शनिबार १८:४६:००

मुम्बईमा भएको वर्षाले बलिउडका कलाकारलाई फिल्म सुटिङमा जान समस्या परेको छ । बलिउडका दबंग हिरो सलमान खान वर्षाकै कारण शुक्रबार फिल्म सुटिङका लागि घरबाट साइकलमा निस्किए । सलमानले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै ‘दबंग ३’ को सुटिङका लागि साइकलमा गएको बताएका छन् । 

सलमानलाई सडकमा देखेर उनका प्रशंसक भने निकै खुशी भएका थिए । उनले पोष्ट गरेको भिडियोमा धेरैले उनीसँग सेल्फी खिचेका थिए । भिड भएको ठाउँमा सलमानले साइकल चलाएको पहिलो पटक भने होइन् । सलमान बेला-बेलामा साइकल लिएर बाहिर निस्कने गर्छन् । एजेन्सी