मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
खगेन्द्र भट्टराई
२०७५ पौष २३ सोमबार ११:१४:००
Read Time : < 1 मिनेट
प्रदेश

चार वर्षदेखि बाढीपीडित त्रिपालमै

Read Time : < 1 मिनेट
खगेन्द्र भट्टराई
२०७५ पौष २३ सोमबार ११:१४:००


चार वर्षअघि बाढीले घरविहीन बनाएका सुर्खेतका बासिन्दाले यो हिउँद पनि शिविरको त्रिपालमै बिताउनुपर्ने भएको छ । कर्णाली प्रदेश सरकारको पुनस्र्थापना कार्यक्रम कार्यान्वयन नभएपछि उनीहरूले शिविरमै बस्नुपर्ने भएको हो ।  सुर्खेतमा ०७१ को साउनमा आएको बाढीले नौ सयभन्दा बढी परिवारलाई घरविहीन बनाएको थियो । घरखेती बाढीले बगाएपछि उनीहरू चार वर्षदेखि मसिना, वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र, गिरीघाट, तिखाकुनालगायत स्थानमा अस्थायी शिविर बनाएर बसिरहेका छन् । प्रदेश सरकारले घोषणा गरेको पुनस्र्थापना कार्यक्रम कार्यान्वयन नभएपछि उनीहरूले यो हिउँद पनि शिविरमै बस्नुपर्ने भएको हो । 

चार उपसमिति गठन
कर्णाली प्रदेश सरकारले गठन गरेको बाढीपीडित समस्या समाधान समितिले पनि चार उपसमिति गठन गरेको छ । समितिका सदस्य खड्क विकको संयोजकत्वमा जग्गा पहिचान र प्राप्ति उपसमिति, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यविधि मापदण्ड निर्माण उपसमिति गठन गरिएको छ । त्यस्तै, समितिका सदस्य यज्ञ ढकालको संयोजकत्वमा भवन डिजाइन ड्रोइङ, नक्सा लगत स्टेमेट तर्जुमा उपसमिति र ललितजंग महतको संयोजकत्वमा राहत तथा पुनस्र्थापना एवं पुनर्वास प्याकेज सिफारिस उपसमिति गठन गरेको छ । 

चारै उपसमितिले आ–आफ्नो काम गरिरहेको मन्त्री भण्डारीले बताए । बाढीपीडितलाई भवन निर्माणको राहत रकम दिने र घर बनाउन लगाउने, जग्गा खरिद गर्ने तथा भवन निर्माणको राहत रकम लिई आफैँ  घर बनाउने एवं सरकारले नै पुनर्वासको व्यवस्था गर्नुपर्नेलगायत विकल्पसहितको व्यवस्थापनका विषयमा छलफल भइरहेको जनाएको छ ।