मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २० शुक्रबार १६:१३:००
Read Time : < 1 मिनेट
साहित्य

'आँधीको मनोरम नृत्य' नाट्य संग्रह विमाेचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २० शुक्रबार १६:१३:००

रङ्गकर्मी घिमिरे युवराजकाे नाटक समेटिएकाे 'आँधीको मनोरम नृत्य' नाट्य संग्रह विमाेचन भएकाे छ । रंगकर्ममा सक्रिय आठ युवाहरूकाे संयुक्त टाेलीले मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा विमाेचन गरेका थिए ।

रंगकर्मी आशान्त शर्मा, पशुपति राई, प्रियंका झा, प्रवीण खतिवडा, बिपिन कार्की, सुषमा कोइराला, रविन्द्र झा र राज शाहले पुस्तक लोकार्पण गरेका हुन् । नाटक लेखक घिमिरेले नेपाली नाटकको अभाव भएको अवस्थामा लेख्ने चाहना भएकाले नयाँ सिर्जना तयार पारेको बताए । "शहरी क्षेत्रका बालबालिकाको मनोविज्ञान प्रस्तुत गर्ने प्रयास गरेको हुँ", उनले भने, "यो किताब मेरै चेतना र ज्ञानको थर्मोमिटर हो।"

नाटक गत वैशाख-जेठमा शिल्पी थिएटरमा मञ्चन गरिएको थियो । पुस्तकको विमाेचनअघि शिल्पीमा तीन महिने कोर्स पूरा गरेका ११ औं ब्याचका १६ जना विद्यार्थीको नाट्य प्रस्तुति गरेका थिए । यस्तै, उनीहरूकाे दीक्षान्त समारोह राखिएको थियो । त्यस क्रममा 'निर्जीवहरुको जीवन', 'तार्तुफको स्त्री स्वरुप' र 'ही इज नट माई टाइप' नाटक मञ्चन गरिएका थिए । उनीलाई शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी र चलचित्र निर्देशक यादव खरेलले प्रमाणपत्र हस्तान्तरण गरे ।