मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २० शुक्रबार १६:००:००
Read Time : < 1 मिनेट
समाचार

पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल सञ्चालनमा 

Read Time : < 1 मिनेट
२०७६ भदौ २० शुक्रबार १६:००:००

डोल्पामा यातायातको भरपर्दो साधनको रुपमा रहेको जुफाल विमानस्थल अवरुद्ध भएको पाँच दिनपछि (शुक्रबार) पुन सञ्चालनमा आएको छ । 

विमानस्थल सञ्चालन भएसँगै दैनिक उपभोग्य सामाग्रीहरु ढुवानी गर्न सहज भएको छ । लगातार बर्षातका कारण बादल र कुहीरोले अवरुद्ध रहेको नेपालगञ्ज–डोल्पा हवाईमार्ग घाम लागेपछि सञ्चालनमा आएको नागरिक उडड्यन प्राधिकरण कार्यालय जुफालले जनाएको छ ।

विमानस्थल सञ्चालनमा आएसँगै शुक्रबार तारा एयरले तीन र समिट एयरले एक उडान भरेका छन् ।

पाँच दिनसम्म उडान नहुँदा यात्रुको चाप विमानस्थलमा बढेपनि शुक्रबार चारवटा उडान भएपछि यात्रुहरुको चाप घटेको विमानस्थलका सुरक्षा चौकीका प्रहरी नायव निरीक्षक कमल शाहले जानकारी दिए ।