१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ भदौ २० शुक्रबार ११:४०:००
Read Time : > 1 मिनेट
प्रदेश

गाउँमै विद्यार्थी रोक्न अंग्रेजी माध्यममा पढाइ

Read Time : > 1 मिनेट
२०७६ भदौ २० शुक्रबार ११:४०:००

व्यास नगरपालिका–१ हाईस्कुलटारस्थित निर्मल माध्यमिक विद्यालयले नेपाली माध्यममा अध्ययन गर्ने विद्यार्थी नपाएपछि अंग्रेजीमा पठनपाठन सुरु गरेको छ । अंग्रेजी माध्यमको पढाइ खोज्दै गाउँका बालबालिका अन्त जान थालेपछि विद्यालयको बाल कक्षादेखि आठसम्म अंग्रेजी माध्यममा पढाउन सुरु गरेको हो । 

९ र १० कक्षा भने दुवै माध्यममा पढाइ हुने विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताए । उनका अनुसार भर्ना अभियानकै वेला अंग्रेजी माध्यममा मात्रै पढ्ने भनेर बालबालिका आएका थिए । ‘नेपालीमा पढ्ने कोही पाइएन । त्यसैले अंग्रेजी माध्यममा पढाउन थालेका हौँ ।’ हुन त यो विद्यालयले ०५७ सालदेखि नै नेपाली र अंग्रेजी माध्यममा पढाउँदै आएको थियो । तर, पछिल्लो वर्ष नेपालीमा पढ्ने विद्यार्थी नै हुन छाडेका हुन् । 

 भौतिक संरचना पर्याप्त
२५ असार ०७४ मा नमुना छनोट भएको यो विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुनुका साथै भौतिक संरचना पर्याप्त छ । नमुना छनोट भएपछि आर्थिक वर्ष ०७५/७६ मा विद्यालयका लागि एक करोड ५० लाख बजेट विनियोजन भएको थियो । यो रकमले विद्यालयको भवन दुई ढलन र आठ कोठामा विस्तार हुँदै छ । ९७ लाख रुपैयाँको लागतमा भवन बनिरहेको उनले बताए ।

५० प्रतिशत काम पनि सम्पन्न भइसकेको छ भने बाँकी रकमले कक्षा कोठा बनाउने, त्यसमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, सिभिल इन्जिनियरिङका लागि आवश्यक उपकरण खरिद गर्ने सहायक प्रधानाध्यापक वीरबहादुर बस्नेतले बताए ।

आर्थिक वर्ष ०७६/७७ का लागि संघीय सरकारबाट दुई करोड बजेट विनियोजन भएको  छ । त्यो रकमले थप कक्षाकोठासहित बहुउद्देश्यीय भवन (सभाहल) निर्माण गरिनेछ । यस्तै, खेलकुद तथा शैक्षिक संस्थाका लागि भौतिक संरचना निर्माणमा खर्चिने योजना रहेको विद्यालयले जनाएको छ । 

यो विद्यालयमा शिक्षा, कानुन, व्यवस्थापन, सिभिल इन्जिनियरिङ तीनवर्षे डिप्लोमा पढाइ हुन्छ । यहाँ तनहुँसहित लमजुङ, सप्तरी, सर्लाही, स्याङ्जालगायत जिल्लाबाट विद्यार्थी आउने गर्छन् । नमुना छनोट भएको यो विद्यालय एक सय १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । 

 दुई सयलाई छात्रवृत्ति
विद्यालयले आन्तरिक स्रोत र अक्षयकोषबाट गरिब, विपन्न तथा जेहेन्दार दुई सयजना विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । बाल कक्षादेखि १२ सम्म पढाइ हुने विद्यालयले नर्सरीदेखि तीन कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई आन्तरिक स्रोतबाट दिवा खाजाको व्यवस्था गरेको छ ।

 प्राविधिक र आध्यात्मिक शिक्षामा जोड
योग, प्राणायाम, ध्यानलाई प्राथमिकता दिएर स्वस्थ्य शरीर, स्वस्थ मन भन्ने नारासाथ विद्यालयले शिक्षामा जोड दिएको छ । गर्मीमा आध्यात्मिक योग नगरिने तर, जाडोयाममा लाइन बस्दा १५ मिनेट बालबालिकालाई योग शिक्षा गराइने प्रधानाध्यापक बस्नेतले बताए । विद्यालयमा नौ सय ६० विद्यार्थी अध्ययनरत छन् । ०२५ सालमा स्थापना भएको यो विद्यालयमा ३१ जना शिक्षक शिक्षिका र ६ जना कार्यालय सहयोगी छन् । 

व्यास नगरपालिका–१ हाईस्कुलटारस्थित निर्मल माध्यमिक विद्यालय भवन ।  तस्बिरः नयाँ पत्रिका