मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७६ भदौ २० शुक्रबार ०९:०९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी गर्नुस् ओस्टियोअर्थाइटिसको उपचार

Read Time : > 1 मिनेट
मञ्जु टेलर काठमाडाैं
२०७६ भदौ २० शुक्रबार ०९:०९:००
डा. ज्ञानेन्द्र शाह, हाडजोर्नी रोग विशेषज्ञ
राष्ट्रिय ट्रमा सेन्टर

शरीरका जोर्नीमा रहने कुरकुरे हाड अर्थात् कार्टिलेज खिइनुलाई ओस्टियोअर्थाइटिस भनिन्छ । व्यावहारिक भाषामा यसलाई हड्डी खिइनु पनि भनिन्छ । खासगरी यो समस्या ६० वर्षभन्दा माथिका वृद्धवृद्धामा हुने गर्छ । तर, कतिपय अवस्थामा वयस्कमा पनि देखापर्छ । 

नेपालमा कतिजनामा हड्डी खिइने समस्या छ भन्ने यकिन तथ्यांक भने छैन । तर, हड्डी र जोर्नी दुखाइको समस्या लिएर दैनिक हजाराँैको संख्यामा अस्पताल धाउने गर्छन् । घुडाँको हड्डी, कम्मर, छाती, हिप र हातका औँलाका हड्डीमा जोर्नी खिइने समस्या बढी हुन्छ ।  

कारण
जोर्नी खिइनुको मुख्य कारण बढी उमेरलाई नै मान्ने गरिन्छ । यसबाहेक अत्यधिक मोटोपनका कारणसमेत वयस्कहरूमा जोर्नीको समस्या देखापर्छ । महिनावारी रोकिइसकेपछिको अवस्थामा महिलामा यस्तो समस्या देखिन सक्छ । त्यस्तै, पहिले नै पाठेघरको रोगका कारण शल्यक्रिया गरेका महिलामा ओस्टियोअर्थाइटिस हुने सम्भावना हुन्छ ।

थाइराइडको समस्या भएका मानिसमा पनि यो रोगको खतरा उच्च रहन्छ । त्यस्तै, विभिन्न दुर्घटनाबाट हड्डीमा लागेको चोटपटकबाट जोर्नी खिइन्छ । यसबाहेक कुरकुरे हाड च्यातिनु, जोर्नी फुस्किनु, हड्डी जोड्ने तन्तुमा चोट लाग्नु आदि विभिन्न कारणले जोर्नीमा समस्या देखापर्छ । 

शरीरमा भिटामिन डी, क्याल्सियम, हार्मोनको कमी र विभिन्न कारणले हुने जोर्नीको संक्रमणबाट पनि हड्डी खिइने हुन्छ । 

कसरी थाहा पाउने ?
सामान्यतया जोर्नीमा रहेको कुरकरे हाड भाँच्चिँदा जोर्नीमा दुखाइ हुने गर्छ । कुरकुरे हाड जोर्नीमा रहेको नरम र लचिलो हाड हो, जसले हड्डीलाई रक्षा गर्नुका साथै चलाउन सजिलो बनाइदिन्छ । कुरकुरे हाड भाँचिएपछि हड्डी एक–अर्कामा घर्षण हुन्छन्, फलस्वरूप जोर्नीमा दुखाइ उत्पन्न हुने गर्छ ।

कुरकुरे हड्डीमा रक्तकोषिका नहुने भएकाले एकचोटि भाँचिएपछि आफै निको हुँदैन । जसको कारण जोर्नीमा अत्यधिक दुखाइ हुने गर्छ, जुन ओस्टियोअर्थाइटिसको मुख्य लक्षण पनि हो । 

हड्डी खिइएर दुखेको जोर्नीमा छुँदा बढी दुख्ने हुन्छ । यस्तै घुडाँमा हो भने टुक्रुक्क बस्न नसक्ने, खुम्च्याउन नसक्ने, घुमाउन नसक्ने हुन्छ । यसबाहेक जोर्नी दुख्ने, सुन्निने, चलाउँदा आवाज आउने आदि ओस्टियोअर्थाइटिसका लक्षण हुन् । 

कसरी थाहा पाउने ?
सामान्यतया जोर्नीमा रहेको कुरकरे हाड भाँच्चिँदा जोर्नीमा दुखाइ हुने गर्छ । कुरकुरे हाड जोर्नीमा रहेको नरम र लचिलो हाड हो, जसले हड्डीलाई रक्षा गर्नुका साथै चलाउन सजिलो बनाइदिन्छ । कुरकुरे हाड भाँचिएपछि हड्डी एक–अर्कामा घर्षण हुन्छन्, फलस्वरूप जोर्नीमा दुखाइ उत्पन्न हुने गर्छ । कुरकुरे हड्डीमा रक्तकोषिका नहुने भएकाले एकचोटि भाँचिएपछि आफै निको हुँदैन । जसको कारण जोर्नीमा अत्यधिक दुखाइ हुने गर्छ, जुन ओस्टियोअर्थाइटिसको मुख्य लक्षण पनि हो । 

हड्डी खिइएर दुखेको जोर्नीमा छुँदा बढी दुख्ने हुन्छ । यस्तै घुडाँमा हो भने टुक्रुक्क बस्न नसक्ने, खुम्च्याउन नसक्ने, घुमाउन नसक्ने हुन्छ । यसबाहेक जोर्नी दुख्ने, सुन्निने, चलाउँदा आवाज आउने आदि ओस्टियोअर्थाइटिसका लक्षण हुन् ।