मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रोहितराज पराजुली
२०७५ पौष २३ सोमबार १०:५८:००
Read Time : > 2 मिनेट
प्रदेश

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजबाट

Read Time : > 2 मिनेट
रोहितराज पराजुली
२०७५ पौष २३ सोमबार १०:५८:००

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज (सोमबार) बाट सुरु हुँदै छ । वर्षे अघिवेशन सकिएको एक सय ६ दिनपछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । यसअघि ७ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले २३ पुसदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको थियो । वर्षे अघिवेशन ८ असोजमा सकिएको थियो । विशेषगरी वर्षे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदे अधिवेशनलाई कानुन तथा नीति नियम बनाउने अधिवेशनका रूपमा लिने गरिन्छ । बैठक सोमबार दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ । 

हिउँदे अधिवेशनबाट पास गराउने गरी सरकारले आठवटा विधेयक तयार पारेको छ भने १४ वटा विधेयक बनाउन मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालयलाई सहमति दिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । संसद् चलिरहेका वेला सहमति दिएका विधेयकहरू पारित गरी संसद् सचिवालयमा पेस गर्ने तयारीसमेत सरकारले गरेको उनले बताए ।

 २२ वटा विधेयक/नियमावली पारित
गण्डकी प्रदेश सभाको यसअघि सम्पन्न दुई अधिवेशनले प्रदेशका लागि आवश्यक विभिन्न २२ वटा विधेयक/नियमावली पारित गरेको थियो भने ३ वटा प्रक्रियामा छन् । यसअघि प्रदेश सभाको पहिलो अर्थात् हिउँदे अधिवेशन २२ माघ ०७४ देखि सुरु भएर २४ वैशाख ०७५ मा समाप्त भएको थियो । सो अवधिमा विभिन्न ९ वटा विधेयक तथा नियमावली पारित भएका थिए । १६ जेठदेखि ८ असोज ०७५ सम्म सञ्चालन भएको वर्षे अधिवेशनले ११ वटा विधेयक, नियमावली र कार्यविधि पारित गरेको थियो ।

 वर्षे अधिवेशनमा कारबाहीको प्रक्रियामा रहेका विधेयक
१. प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश सभा सचिवालय ऐन ०७५
२. सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 
३. वरपिपल चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक

 वर्षे अधिवेशनले पारित गरेका विधेयक तथा नियमावली
१. प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) विधेयक ०७५ 
२. प्रदेशको कर तथा गैह्रकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५
३. प्रदेश राजस्व बाँडफाँड तथा अनुदान हस्तान्तरण गर्नेसम्बन्धी तयार गरिएको प्रदेश वित्त व्यवस्थापन विधेयक ०७५ 
४. प्रदेश सरकार अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ०७५
५. आर्थिक वर्ष ०७५÷७६ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५ 
६. प्रदेश आकस्मिक कोष सम्बन्धमा प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ०७५ 
७. स्थानीय तहको कानुन निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५ 
८. खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
९. प्रदेश दूग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक ०७५
१०. मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५
११. केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक ०७५ 
१२. प्रशासनिक कार्यविधि (नियमित गर्ने) विधेयक ०७५ 
१३. गण्डकी प्रदेश, प्रदेश सभा (दोस्रो संशोधन) नियमावली, ०७५
 हिउँदे अधिवेशनले पारित गरेका विधेयक र नियमावली 
१. प्रदेश सभा नियमावली 
२. प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ३. प्रदेशको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक 
४. स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने पारिश्रमिक र अन्य सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 
५. मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 
६. प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७४ 
७. प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ८. प्रदेश सरकारको आर्थिक वर्ष ०७४÷७५ को सार्वजनिक सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ९. स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक