१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गोविन्द गुरुङ
गोविन्द गुरुङ काठमाडाैं
२०७६ भदौ १९ बिहीबार ०८:२९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

नेपाली बैंक  यसकारण सुरक्षित

Read Time : > 2 मिनेट
गोविन्द गुरुङ काठमाडाैं
२०७६ भदौ १९ बिहीबार ०८:२९:००

अर्थ बहस

नेपालका सबै बैंकले सुरक्षामा पर्याप्त लगानी गरेका छन् । केही दिनअघि एटिएममार्फत भएको चोरीको विषयमा बहस भएकोजस्तो नेपाली बैंकले सुरक्षामा लगानी गर्दैनन् भन्ने कुरो सही छैन । जसरी अहिले मिडियामा बैंकले सुरक्षामा लगानी गरेनन् भनेर आइरहेको छ, यो बुझाइको कमी हो । 

बैंकहरूले भिसा कार्ड, मास्टर कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलगायत सबै सेवाहरू दिँदै गर्दा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पालना गरेका हुन्छन् । नगरे बैंकहरूले त्यस्तो सेवा ल्याउनै पाउँदैनन् । बैंकहरूले भिसा कार्ड स्वीकार गर्ने हो वा जारी गर्ने हो । जारी गर्ने र स्वीकार गर्ने पाटो छुट्टै हुन्छ । नेपालका धेरै बैंकहरू कार्ड जारी गर्ने पनि छन् र स्वीकार गर्ने पनि छन् । भिसा भनेको विश्वव्यापी अन्तर्राष्ट्रिय कम्पनी हो । उसले प्रतिपादन गरेका सबै सुरक्षा मापदण्ड हामीले पालना गर्नैपर्छ । मापदण्ड पूरा गरेपछि मात्र त्यो काम गर्न पाइन्छ । त्यसैले नेपालको भुक्तानी सुरक्षा प्रणाली विश्वको कुनै पनि देशभन्दा कम छ भनेर भन्नै मिल्दैन । त्यही हिसाबले लगानी  गरेकै हुन्छ । गर्नैपर्छ । अन्यथा भिसा वा मास्टर कार्ड जारी गर्नै पाइँदैन । 

नेपालमा अहिले करिब ३ हजार एटिएम छन् । ती सबै एटिएममा इएमभी कम्प्लाइन्स पूरा हुनुपर्छ । यसको पूर्ण रूप युरापे मास्टर कार्ड भिसा कार्ड कम्प्लाइन्स हो । मास्टर कार्ड भिसा कार्ड प्रयोग गर्नलाई एटिएममा त्यस्तो सुरक्षा सफ्टवेयर राखेकै हुनुपर्छ । त्यो सबै बैंकमा छ । बैंकहरूले सुरक्षाका लागि विश्वभर जे गरिएको छ, नेपालमा पनि त्यही गर्ने हो । त्यही सर्भिस प्रोटोकल गर्ने हो । भिसा, इन्टरनेसनल मास्टर कार्ड, बैंक, एटिएमबीचमा फेरि स्विच हुन्छ । यसमा हरेक म्यासेजलाई कन्ट्रोल गर्ने, कहाँबाट आएको र कहाँ जानुपर्ने हो भन्ने कुरा नियन्त्रण गर्ने स्विचिङ सफ्टवेयर हुन्छ । त्यो स्विच डिभाइसमा पनि पिसिआइडिएसएस अर्थात् पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटप् स्ट्यान्डर्ड लागू गर्नैपर्छ । यो अन्तर्राष्ट्रिय सेक्युरिटी स्ट्यान्डर्ड हो ।

जसरी अहिले नेपालका बैंकहरूले सुरक्षामा पर्याप्त लगानी नगरेको चर्चा भइरहेको छ, त्यो पूर्णतः गलत हो । बैंकहरूले राखेको सिस्टम, सर्भिस प्रोटोकलमा सरकारको गाइडलाइन पनि हुन्छ । राष्ट्र बैंकले आफैँ जारी गरेको आइटी पोलिसी गाइडलाइन छ । बैंकहरू सबैको आफ्नै आइटी पोलिसी गाइडलाइन पनि हुन्छ । त्यस्तै, भिसा, मास्टर कार्डदेखि सबैको आफ्नो सर्भिस प्रोटोकल हुन्छ । ती सबै कुरालाई फलो नगरेसम्म त्यस्तो सेवा दिन पाइँदैन । त्यसैले भुक्तानी सुरक्षामा कमजोरी गर्‍यो भन्ने कुरा सही होइन । यसमा लगानी धेरै भएको छ । 

नेपालमा अहिले करिब ३ हजार एटिएम छन् । ती सबै एटिएममा इएमभी कम्प्लाइन्स पूरा हुनुपर्छ । यसको पूर्ण रूप युरापे मास्टर कार्ड भिसा कार्ड कम्प्लाइन्स हो । मास्टर कार्ड भिसा कार्ड प्रयोग गर्नलाई एटिएममा त्यस्तो सुरक्षा सफ्टवेयर राखेकै हुनुपर्छ । त्यो सबै बैंकमा छ । बैंकहरूले सुरक्षाका लागि विश्वभर जे गरिएको छ, नेपालमा पनि त्यही गर्ने हो । त्यही सर्भिस प्रोटोकल गर्ने हो ।

संसारभरि खराब नियत भएका मान्छेहरूले कुनै न कुनै उपाय अपनाई बैंकका विभिन्न तहको सुरक्षा प्रणाली तोडेर ठगी भएको देखिन्छ । तर, नेपालको परिवेशमा अहिले जुन घटना भएको छ, त्यसमा नेपालका बैंकहरूको तदारुकता र सचेतताको कारण तत्कालै पत्ता लगाई रोकिएको छ । विगतमा यस्तै खालको घटनामा भारतलगायत अन्य देशहरूमा अर्बाैँ रुपैयाँको चोरी भएको थियो । महिनौँसम्म एटिएम सेवाहरू बन्द भएका उदाहरण पनि छन् । तर, नेपालको यस घटनामा नेपाली डेढ करोड रुपैयाँको आसपासमा चोरी हुँदै गर्दा चोरहरू पक्राउ परिसकेका छन् । यसका लागि हाम्रो बैंकहरूको एटिएम भुक्तानी सुरक्षा प्रणाली र सोसँग सम्बन्धित कर्मचारीहरूको चनाखोपनालाई सम्मान गर्नुपर्छ । हरेक बैंकले सामान्यभन्दा केही बढी कारोबार भएको देख्यो कि छानबिन सुरु भइहाल्छ । आइटी इन्टेलिजेन्सले समात्न नसकेको कुरो मान्छेको तदारुकता र चनाखोपनाले समात्न सकिन्छ भन्ने यो उदाहरण हो । 

बेलायतमा जारी भएको कार्डबाट मात्र सन् २०१७ मा अनुमानित ५६ करोड पाउन्ड र २०१८ मा अनुमानित ६५ करोड पाउन्ड बराबरको चोरी भएको देखिन्छ । संसारभर सरदर ६ अर्ब डलरबराबरको फ्रड ट्रान्जेक्सन कार्डबाट भएको देखिन्छ । नेपालमा त सुरुमै समातियो । बैंक चनाखो नभएको भए, सुरक्षा प्रणाली ठीक नभएको भए, शनिबार बिदाको दिनमा पनि एटिएमको कारोबारमा सम्बन्धित बैंक तथा कर्मचारीहरू चनाखोे नभएको भए योभन्दा ठूलो परिमाणमा चोरी हुन सक्थ्यो । अर्को कुरा, अहिलेको घटनामा कुनै पनि बैंकको कुनै पनि ग्राहकको खाताबाट पैसा निकालिएको छैन । एटिएम सुरक्षा तथा अपरेसन प्रोटोकल र कर्मचारीहरूको इन्टेलिजेन्सले गर्दा यो घटना भयावह हुनबाट रोकियो । समग्रमा नेपाली बैंकहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सबै खाले विद्युतीय कारोबारका लागि आवश्यक सुरक्षा प्रणाली अपनाएका छन् ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङसँगको कुराकानीमा आधारित