मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका चितवन
२०७६ भदौ १८ बुधबार १५:३०:००
Read Time : < 1 मिनेट
समाचार

जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका चितवन
२०७६ भदौ १८ बुधबार १५:३०:००

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताएका छन् । 

चितवनमा आयोजित एक कार्यक्रममा उनले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए । 

मङ्सिरसम्म सङ्गठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मङ्सिरअघि १३ औँ महाधिवेशनको सङ्गठनलाई सङ्घीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने जानकारी दिए । वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो । 
 
केन्द्रको कमजोरीका कारण नेविसङ्घ र तरुणदलले पूर्णता पाउन नसकेको उनले बताए । पूर्णता नपाउँदा पार्टीलाई नै असर परेको उनको टिप्पणी थियो । अबको महाधिवेशनमा तपाईँको उम्मेदवारी हुन्छ भन्ने जिज्ञाशामा सिटौलाले भने, 'महाधिवेशनको तालिका तयार भएपछि सबै कुरा आउँछ किन हतारिनु पर्यो ।'