मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ १८ बुधबार ११:३९:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रशासन कार्यालयमा  अछाममा स्तनपान कक्ष बनाइँदै 

Read Time : < 1 मिनेट
२०७६ भदौ १८ बुधबार ११:३९:००

जिल्ला प्रशासन कार्यालय अछाममा स्तनपान कक्ष निर्माण सुरु गरिएको छ । सेवा लिन आउने आमा र बच्चाको सुविधाका लागि कार्यालय परिसरभित्र स्तनपान कक्षको लागि एककोठे भवन निर्माण सुरु गरिएको हो । 

सुत्केरी महिलालाई घन्टौँ लाइनमा बस्दा आमा र बच्चालाई असहज हुने देखिएपछि जिल्लाका दशवटै स्थानीय तहसँगको पहलमा मंगलबार भवनको शिलान्यास गरिएको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार अछाम जिल्लाका चार नगरपालिका र ६ वटा गाउँपालिकाले ५०÷५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धतापछि जिल्लाभरबाट सेवा लिन आउने सुत्केरी महिला र नवजात शिशुलाई आरामदायी ढंगले सेवा दिने उद्देश्यका साथ भवन निर्माण गरेर स्तनपान कक्ष स्थापना गर्न लागिएको हो ।

भवनको शिलान्यास गर्दै जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले जिल्ला प्रशासनको पहलमा आमा र बच्चाले आरामदायी रूपमा सेवा प्राप्त गर्ने गरी बनाइन लागेको राम्रो कामको प्रशंसा गरे । बच्चा बोकेर सेवाका लागि घन्टौँ लाइन बस्नुपर्ने आमाले अबको केही समयपछि असहजता महसुस गर्नु नपर्ने उनले बताए । 

भवन निर्माणको काम सम्पन्न भएपछि आमाहरूले बच्चालाई दूध खुवाउनै नपाउने समस्या झेल्नुपर्ने छैन ।  स्तनपान कक्षको भवन शिलान्यास समारोहमा सहभागी मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्ट, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा, साँफेबगर नगरपालिकाका उप–प्रमुख विमला बुड्थापा र रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावललेसमेत स्तनपान कक्ष निर्माणले आमा र बच्चाले भोग्दै आएका हैरानी अन्त्य हुने बताए । 

उनीहरूले स्तनपान कक्ष निर्माणका लागि चाहिने आवश्यक सहयोग रकम कार्यपालिकाको बैठकमार्फत निर्णय गरेर भुक्तानी गरिने बताएका छन् । निर्माण सुरु गरिएको स्तनपान कक्षको भवन दसैँअघि नै निर्माण गरिसक्ने लक्ष्य छ ।