मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ भदौ १८ बुधबार ०९:२७:००
Read Time : > 2 मिनेट
नयाँCity

रानीपोखरीमा पानीको स्थायी स्रोत असम्भव

Read Time : > 2 मिनेट
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ भदौ १८ बुधबार ०९:२७:००
साफल्य अमात्य

०१५/१६ सालमा म त्रिचन्द्र कलेजमा स्नातक पढ्थेँ । त्यस समयमा हामी रानीपोखरीवरपर र टुँडिखेलमा खेल्ने र घुम्ने गथ्र्यौँ । त्यसताका रानीपोखरीमा पानीको स्रोत राम्रो थियो । ०१८ सालतिर पोखरीको पानी सुकाउनुपर्ने थियो । पानी बढी भएका कारण दमकलले ओसार्दा पनि सुकाउन सकिएन ।

रानीपोखरीको वरिपरि अहिलेजस्तो भवन थिएनन् । जमल, नारायणहिटी हुँदै महाराजगन्जसम्मै खेतैखेत थिए । धेरै पछिसम्म ताहाचलस्थित मेरो घरबाट बूढानीलकण्ठ स्कुल प्रस्टै देखिन्थ्यो । मेरो छोरो बूढानीलकण्ठमै पढ्थ्यो । उसको कोठामा बत्ती निभेपछि मात्र हामी सुत्थ्यौँ । मेरै घरबाट विष्णुमती नदी बगेको प्रस्ट आवाज सुनिन्थ्यो । अहिले त्यो हाम्रो सम्झनामा मात्र सीमित छ ।

त्यतिवेला वर्षाको पानी जमिनले सोस्थ्यो र त्यही मूल फुटेर रानीपोखरीमा जम्मा हुन्थ्यो । वरिपरिका विशाल फाँट पानी सोस्ने स्रोत हुन्थे । अहिले ठूला भवन निर्माण भए । पानी कहाँ जम्ने र जमिनले सोस्ने ? अनि कसरी रानीपोखरीमा पानी जम्मा हुने ?

त्यसैले, विकास निर्माणका योजना तयार पार्दा वरपर के–कस्ता सम्पदा छन् र तिनलाई कस्तो असर पर्छ भनेर विचार गर्नु आवश्यक छ । तर, हामीकहाँ विकास निर्माणका काम यस्तो सोचविचारविना नै तय गरिन्छ । रानीपोखरीमा पानी सुक्नुको कारण पनि चारैतिर बस्ती भएकाले हो ।

प्रताप मल्लको पालामा सिमेन्ट नै थिएन त कसरी प्रयोग गरून् ? वि.सं. १९९० पछि पनि सिमेन्ट थिएन, अनि माटो, चुना र सुर्कीको प्रयोग नगरी सुखै थिएन ।

रानीपोखरी मात्र होइन, सुनधारामा पनि पानी सुक्यो । सुनधारावरपर निर्माण गरिएका ठूला भवन त्यसका कारण हुन् । सुनधारामा सञ्चय कोषको भवन निर्माण गर्न नहुने बताउँदै मैले ‘नोट अफ डिसेन्ट’ नै लेखेको थिएँ । तर, त्यो व्यर्थ भयो । अहिले रानीपोखरीमा पानी भर्ने हल्ला पिटाइएको छ । तर, अब रानीपोखरीमा पानीको स्थायी स्रोत जुटाउन सकिँदैन । पुनर्निर्माण गरेर मात्र समस्याको समाधान हुँदैन । पानी नै नभएको पोखरीको के औचित्य ?

राजा प्रताप मल्लले त्यतिवेला ६÷७ वटा इनारबाट पानी ल्याएर रानीपोखरीमा जमाएको अभिलेख पाइन्छ । तर, त्यो मात्र रानीपोखरीको स्रोत थिएन, स्थायी मुहानबाट पानी जम्मा हुन्थ्यो । जथाभावी भवन निर्माण गर्नुअघिसम्म रानीपोखरीले स्थायी स्रोत पाइरहेको थियो । अब भने पानी जमाउन चुनौती छ । अस्थायी रूपमा पानी ल्याएर कतिन्जेल थेग्न सकिन्छ ? प्रकृतिले दिने पानीको स्रोत नै नरहेपछि अप्राकृतिक स्रोत स्थायी कसरी हुन्छ ?

पुनर्निर्माणका क्रममा रानीपोखरीवरिपरि फाउन्टेन, चिल्ड्रेनपार्कजस्ता योजना बनेका छन् । तर, ती सबै राजनीतिक र कन्स्ट्रक्सन माफियाको आम्दानीको स्रोत मात्र बन्नेछन् । पुनर्निर्माण प्राधिकरणले दुई/चारजनाको लहै–लहैमा लागेर रानीपोखरी पुनर्निर्माण गर्न खोजिरहेको छ ।

प्रताप मल्लको समयमा रानीपोखरीको मध्यभागमा शिखरशैलीको बालगोपालेश्वर मन्दिर बनेको थियो । विसं. १९९० को भूकम्पबाट त्यो ढलेपछि गुम्बज शैलीको मन्दिर बनाइयो । अहिले फेरि शिखरशैलीको मन्दिर बनाइँदै छ । तर, प्रताप मल्लको पालामा बनेको मन्दिरको नमुना पनि उपलब्ध छैन । मन्दिरको लम्बाइ, चौडाइ र मोटाइ कस्तो थियो भन्ने कुनै आधार हामीसँग छैन । त्यसको एउटा सानो चित्र मात्र उपलब्ध छ । त्यसका आधारमा कसरी पहिलेको जस्तो मन्दिर बन्छ ?

कुनै पनि चिजलाई पुनर्जीवन दिन त्यसबारे पर्याप्त जानकारी हुनुपर्छ । मन्दिरमा कस्ता बुटा थिए, कस्ता सामग्रीले बनेको थियो भन्ने कुनै जानकारी नभई काम अगाडि बढाइएको छ । अन्दाजका भरमा अहिले शिखरशैलीको मन्दिर बनाइएला, तर भविष्यमा त्यसको विस्तृत स्वरूप बुझाउने कुनै सामग्री भेटियो भने फेरि भत्काउने ? विसं. १९९० यताको पुस्ताले बालगोपालेश्वरको गुम्बज शैलीकै मन्दिर देखेको छ ।

सबैको मनमा त्यही शैली बसेको छ । सबैले आफ्ना किताबमा त्यही शैलीको तस्बिर प्रकाशन गरेका छन् । त्यसैले, यो शैलीले पनि ऐतिहासिकता पाइसकेको छ । शिखरशैलीमा मन्दिर बनाउने योजनाको मैले विरोध गरेको होइन । तर, त्यसको विस्तृत ‘ड्रइङ’ त साथमा हुनुप-यो नि । 

रानीपोखरीको वरिपरि अहिलेजस्तो भवन थिएनन् । जमल, नारायणहिटी हुँदै महाराजगन्जसम्मै खेतैखेत थिए । वरिपरिका विशाल फाँट पानी सोस्ने स्रोत हुन्थे । वर्षाको पानी जमिनले सोस्थ्यो र त्यही मूल फुटेर रानीपोखरीमा जम्मा हुन्थ्यो ।

रानीपोखरी बनाउँदा प्रयोग गरिएका निर्माण सामग्रीबारे पनि राम्रो अध्ययन हुनुप-यो । यस्ता विषयमा कसैलाई चासो भएजस्तो मलाई लाग्दैन । रानीपोखरीमा सिमेन्ट प्रयोग गर्ने कि नगर्ने भन्ने पनि विवादको विषय बनेको छ । हाम्रा पराम्परागत सम्पदा पाँचतले मन्दिर र कृष्ण मन्दिरमा सिमेन्ट प्रयोग भएको थिएन त ?

रानीपोखरी बनाउँदा प्रयोग भएका माटो, चुना, सुर्कीमा के–के गुण छन् भन्ने पनि अध्ययन जरूरी छ । कृष्ण मन्दिर, पाँचतले मन्दिरलगायत सम्पदा कसरी निर्माण भएका थिए भन्ने पनि विस्तृत अध्ययन गर्नुप-यो । त्यसपछि मात्र निर्माण सुरु गर्नुपर्छ । प्रताप मल्लको पालामा सिमेन्ट नै थिएन त कसरी प्रयोग गरून् ? विसं. १९९० पछि पनि सिमेन्ट थिएन, अनि माटो, चुना र सुर्कीको प्रयोग नगरी सुख थिएन ।

त्यसैले जमानाअनुसारको निर्माण सामग्रीलाई प्राथमिकता दिनुपर्छ । हाम्रा सम्पदा भूकम्पबाट भत्किन नसक्ने बनाउनुपर्छ । बरु उपलब्ध प्रविधिको राम्रो अध्ययन र प्रयोग गर्दै केही समय लगाएरै राम्रो काम होस् भन्ने मेरो भनाइ हो ।

हामी सानो छँदा रानीपोखरी भाइटीकाका दिनमा मात्र जान मिल्थ्यो । अन्य वेलामा छिर्ने अनुमति थिएन । त्यहाँ मानिसले आत्महत्या गर्छन् भनेर छिर्न दिँदैनथे । गेटमा प्रहरी बसेको हुन्थे । ०१९/२० सालतिर केदारमान व्यथित मन्त्री छँदा केही समय रानीपोखरीमा डुंगा पनि चलाइएको थियो । तर, विरोध भएपछि त्यो छिट्टै बन्द भयो ।