मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लक्ष्मण खनाल युएई
२०७६ भदौ १७ मंगलबार ०९:१८:००
Read Time : < 1 मिनेट
प्रवास

नेपाली तरकारी युएईको मलमा

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल युएई
२०७६ भदौ १७ मंगलबार ०९:१८:००

नेपालमा उत्पादित तरकारी युएई मलमा बिक्रीका लागि राखिने भएको छ । युएईको अल समन इन्टरनेसन प्रालिले नेपालमा उत्दपादित तरकारी युएईको बजारमा ल्याउन लागेको हो ।

अल समन इन्टरनेसन प्रालिका कल्याण घिमिरेले आउँदो ४ सेप्टेम्बर अर्थात् यही १८ भदौदेखि नेपाली तरकारी युएई आउने जनाए । त्यसका लागि युएईको सारजाहमा रहेको सफारी मलको तरकारी डिपार्टमेन्टमा नेपाली तरकारीको स्टल उद्घाटन कार्यक्रम पनि रहेको उनले बताए । उनले नेपालमा उत्पादित अकबरे खुर्सानी, गुन्द्रुक, तितेकरेला, तामा, सिमी, मुलालगायतका तरकारी बिक्रीका लागि मलमा रहने बताए । 

नेपाली महिलाको लगानीमा सञ्चालित अल समन इन्टरनेसन प्रालिले दुई वर्षदेखि कतारमा नेपाली तरकारी निर्यात गर्दै आइरहेको छ । अहिले कतारमा प्रतिहप्ता दश हजार केजी तरकारी बिक्री भइरहेको घिमिरेले बताए । उनले नेपाली किसानहरूलाई मिहिनेत र श्रमको मूल्य दिने र प्रोत्साहन गरिने बताए । यसले नेपाली तरकारीको पहिचान फैलने विश्वास उनले व्यक्त गरे ।