मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ १६ सोमबार १६:२८:००
Read Time : < 1 मिनेट
साहित्य

समाजशास्त्री मिश्रको ‘लोकतन्त्र र आजको मार्क्सवाद’ विमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ १६ सोमबार १६:२८:००

समाजशास्त्री चैतन्य मिश्रको नेपाली भाषाको तेस्रो पुस्तक विमोचन भएको छ । काठमाडौंमा उनको पुुस्तक ‘लोकतन्त्र र आजको मार्क्सवाद’ विमोचन भएको हो । 

राजनीतिक चिन्तक प्रदीप गिरी, सांसद विन्दा पाण्डे, राजनीतिज्ञ आहुती, पुस्तकका सम्पादक राजेन्द्र महर्जन र लेखक स्वंयले पुस्तक विमोचन गरेका थिए । कार्यक्रममा पुस्तकबारे टिप्पणी गर्दै राजनीतिज्ञ गिरीले पुस्तकमा नेपाली राजनीतिको विगतको संश्लेषण गर्दै भविष्यको रेखाचित्र कोर्ने प्रयास गरिएको उल्लेख गरे । मिश्रले नेपाली समाजको गतिशिलताको लागि सामाजिक प्रजातन्त्रको आवश्यकता औल्याएको गिरीको ठम्याई थियो । 

राजनीतिज्ञ विन्दा पाण्डेले किताबको विस्तृत समीक्षा गर्दै मिश्रले नेपाली समाजको गतिशिलताको सांगोपांगो तस्बिर उतारेको उल्लेख गरिन् । आहुतीले भने पुस्तकप्रति आफ्ना फरक मतहरु राखे । लेनिनले माक्र्सवाद बुझेनन् भन्ने मिश्रको तर्कमाथि प्रश्न उठाउँदै आहुतीले ऐतिहासिक भौतिकवादको बुझाइबारे नै छलफलको आवश्यकता भएको औंल्याए । ‘मिश्रले मानिस सचेतन प्रयास गर्ने प्राणी हो भन्ने पक्षलाई बेवास्ता गर्नुभएको छ’ आहुतीको आरोप थियो । 

सम्पादक राजेन्द्र महर्जनले पुस्तक खँदिला लेख-रचनाको संगालो भएको उल्लेख गरे । ‘राजनीतिक संक्रमणजस्तै चैतन्य मिश्रका विचारहरुमा पनि संक्रमण आइरहेको छ’, महर्जनले भने ।
मिश्रको पुस्तक बुक-हिल पब्लिकेसनले बजारमा ल्याएको हो ।