मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टाेकराज पाण्डे (सहसचिव)
२०७५ पौष १ आइतबार १०:०२:००
Read Time : > 1 मिनेट
लोकसेवा

प्रश्न र समाधान : नेपालमा वैदेशिक सहायता परिचालनमा देखिएका समस्याहरू के हुन् ?

Read Time : > 1 मिनेट
टाेकराज पाण्डे (सहसचिव)
२०७५ पौष १ आइतबार १०:०२:००

प्रश्न र समाधान : नेपालमा वैदेशिक सहायता परिचालनमा देखिएका समस्याहरू के हुन् ? के वर्तमान अवस्थामा वैदेशिक सहायताको विकल्प सम्भव छ ? तर्कपूर्ण उत्तर दिनुहोस् । (५+५) = १०

"Foreign aid is necessary but not compulsory"

बचत र लगानीको खाडल पूरा गर्न गरिब र कमजोर राष्ट्रले सम्पन्न र विकसित राष्ट्र तथा संस्थाबाट लिने सहायतालाई वैदेशिक सहायता भनिन्छ । यसअन्तर्गत ऋण, अनुदान र प्राविधिक सहायता पर्दछन् । नेपालको संविधानको धारा ५१ मा वैदेशिक सहायता लिँदा आन्तरिक स्रोत परिचालन बढाउनुपर्ने उल्लेख गरिएको छ भने यससम्बन्धी क्षेत्रगत नीतिको रूपमा विकास सहायता नीति २०७१ रहेको छ । यद्यपि, वैदेशिक सहायतको प्राथमिकता किटान नहुँदा र खर्चको मापदण्ड नहुँदा यसबाट भ्रष्टाचार बढेको र मुलुकको परनिर्भरता बढेको आरोप लाग्ने गरेको छ ।
 
वैदेशिक सहायता परिचालनमा देखिएका समस्याहरू

 -योजना, बजेट र विकास सहायता नीतिबीच तालमेल मिल्न नसक्नु,

- प्राथमिकताप्राप्त क्षेत्रमा सहायता परिचालन नहुनु,
 -दाताका तर्फवाट द्विपक्षीय स्वार्थ र बहुपक्षीय सर्त हावी हुनु,
- वार्ता, सम्झौता र सहायता परिचालन गर्न सक्ने दक्ष जनशक्तिको कमी हुनु, 
- कर्मचारीतन्त्रको कमजोर कार्यसम्पादन स्तर रहनु,
- Counter Part Fund को अभाव 
(दाताले ८० प्रतिशत लगानी गर्दा २० प्रतिशत सम्बन्धित राष्ट्रले गर्नुपर्छ । नेपालको सन्दर्भमा त्यस्तो कोषको कमी छ)
 -Project Bank गठन हुन नसक्नु 
(सहायता परिचालन र परियोजनामा लगानी गर्ने बैंक नेपालमा गठन भएको छैन)
 -परामर्शका नाममा आधाभन्दा बढी सहायता फिर्ता जानु,
 -सार्वजनिक खरिद ऐनका झन्झटिला प्रक्रिया हुनु,
 -उद्यमशीलताको अभाव अर्थात् सबै विषय सहायतामा भर पर्नु, आफ्नो तर्फबाट केही काम नगर्नु,
 -पुँजीगत खर्च गर्ने क्षमता र ठेकेदारको कार्यसम्पादन स्तर गतिलो नहुनु,
-स्थानीय नागरिकको असहयोग र जग्गाप्राप्तिमा ढिलाइ हुनु ।

वैदेशिक सहायता परिचालनका विकल्प
- नेपालजस्ता अल्पविकसित र स्रोत–साधनको चरम अभाव बेहोरेका मुलुकका लागि तत्काल वैदेशिक सहायताको भरपर्दो विकल्प देखिँदैन । यद्यपि, विद्वान्हरूले देहायअनुसारका विकल्प प्रस्तुत गरेका छन् ।
 -साधारण खर्च कटौती गर्ने र चालू खर्चलाई मितव्ययी बनाउने,
- आन्तरिक स्रोत परिचालन बढाउने र आन्तरिक ऋण लिने,
- रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा लगाउने,
 -प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्र्याउने,
 -करको दर र दायरा दुवै विस्तार गर्ने र कर परिचालन बढाउने,
 -सार्वजनिक संस्थानमाथिको सरकारी लगानी अन्त्य गर्न त्यस्ता संस्थान निजीकरण गर्ने,
 -सार्वजनिक निजी साझेदारीमा जोड दिने,
 -भुक्तानी सन्तुलन मिलाउने र व्यापार घाटा कम गर्ने,
 -पर्यटन प्रबर्द्धन गर्ने र वैदेशिक मुद्राको सञ्चिति बढाउने,
 -आन्तरिक, क्षमता र सीपको प्रबर्द्धन गर्ने,
 -विलासी र आयातीत वस्तुको अपभोग घटाउने र आन्तरिक वस्तु प्रयोगमा जोड दिने,
-Dynsmic Management  गर्ने ।

अन्त्यमा
‘मागेर धनी भइँदैन’ भनेजस्तै विदेशीको सहायताले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्दैन । त्यसका लागि आन्तरिक स्रोत–साधन र क्षमताको उपयोग बढाउनु पर्छ । तत्काललाई भरपर्दो विकल्प देखा परिनसकेकाले हाललाई प्राप्त वैदेशिक सहायताको प्रभावकारी परिचालन बढाई रोजगारी सिर्जना र गरिबीनिवारणमा जोड दिनुपर्छ । 

दीर्घकालीन सोच र योजना तयार गरी निश्चित बिन्दुमा पुगेपछि वैदेशिक सहायता नलिने अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता हो । त्यसका लागि दृढ राजनीतिक इच्छाशक्ति, प्रशासनिक सक्षमता र नागरिकमा बलियो राष्ट्रियताको भावना जरुरी देखिन्छ ।