मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १५ आइतबार १८:५४:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं महानगरपालिकाद्वारा इन्द्रजात्रालाई आर्थिक सहायता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १५ आइतबार १८:५४:००

काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि १० लाख सहायता उपलब्ध गराउने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार एक कार्यक्रमका बीच इन्द्रजात्रा व्यवस्थापन समितिलाई जात्राकाे खर्च १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा महानगरपालिकाले पूर्व कुमारीलाई मासिक १५ हजारका दरले वार्षिक पद भत्ता वितरण गरेको छ । त्यसैगरी पूर्व गणेशलाई मासिक १२ हजार, पूर्व भैरवलाई मासिक १२ हजारका दरले वार्षिक पद भत्ता पनि मेयर शाक्यले हस्तारण गरे । त्यस अवसरमा मेयर शाक्यले इन्द्रजात्राको व्यवस्थापनका लागि आवश्यक अन्य खर्च उपलब्ध गराउन आफूहरु तयार रहेको स्पष्ट पारे ।

महानगरपालिकाले चालू आर्थिक वर्षबाट कुमारीलाई ५० हजार मासिक पद भत्ता वितरण गर्ने निर्णय गरिसकेको छ ।