Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १५ आइतबार १३:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

तीन तहका सरकारमा देखिएका समस्या एकै दिन समाधान हुन सक्दैन : मन्त्री पण्डित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १५ आइतबार १३:०९:००

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालमा जति छिटो विश्वमा कतै पनि कर्मचारी समायोजन नभएको दावी गरेका छन् । सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिलमा ऐतिहासिक फड्को मारेको उनले बताए । 

उनले स्थानीय तह, प्रदेश र संघमा यति छिटो कर्मचारी समायोजन, संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि नभएको उनले दावी गरे । 
काठमाडौंमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा र प्रदेशका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको जानकारी दिए । 

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको उनले दावी गरे । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रीयतापूर्वक काम गरिरहेको उनले बताए । 

मन्त्री पण्डितले मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने जिकिर गरे ।