Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ १२ बिहीबार १७:०५:००
Read Time : < 1 मिनेट
समाचार

झरनाबाट खसेर नेपाली सेनाकोे मृत्यु

Read Time : < 1 मिनेट
२०७६ भदौ १२ बिहीबार १७:०५:००

लमजुङको बेसीशहर नगरपालिका १ उदिपुरस्थित गाईखुरे झरनाबाट खसेर एक जनाको मृत्यु भएको छ । नेपाली सेना उदिपुरस्थित श्रीजङ गणमा कार्यरत ३१ वर्षीय विजय श्रेष्ठको बिहीबार मृत्यु भएको हो । 

श्रीजंग गणले आगामी भदौ १५ देखि १७ गतेसम्म राष्ट्रिय सेवक दलका विद्यार्थीहरुलाई साहसिक खेल क्यानोनिङको तालिम दिने तयारी गरेको थियो । क्यानोनिङ तालिमको लागि तयारी गर्ने क्रममा श्रेष्ठ झरनाबाट खसेका हुन् । झरनाबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि सदरमुकाम बेसीशहरस्थित लमजुङ जिल्ला सामूदायीक अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको केही समयमै चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रविन्द्रमान गुरुङले बताए । 

काभ्रेको बनेपा घर भएका श्रेष्ठ क्यानोनिङ सम्बन्धि जानकार भएको सेनाले जनाएको छ । मृतक श्रेष्ठ नेपाली सेनाको श्रीजङ गणमा लेसनायक दर्जामा कार्यरत थिए । श्रेष्ठको शव पोष्टमार्टमका लागि काठमाडौंको महाराजगञ्ज शिक्षण अस्पताल लगिएको डिएसपी गुरुङले बताए ।