मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १० मंगलबार १९:४३:००
Read Time : < 1 मिनेट
समाचार

सकारात्मक विषय गौण बन्दै गएकोमा मन्त्री पण्डितको चिन्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १० मंगलबार १९:४३:००

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सकारात्मक विषयहरु गौण बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल एन प्याब्सनले मंगलबार राजधानीमा गरेको जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता कार्यक्रममा उनले मुलुकमा पछिल्लो समय नकारात्मक कुरा बढी र सकारात्मक कुरा गौण बन्दै गएको बताए । उनले शिक्षा नै विकास र सम्मृद्धिको मुल आधारस्तम्भ भएको भन्दै सकारात्मक सोच र विचार प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे । उनले अंग्रेजी माध्यमलाई प्राथमिकता दिए जस्तै नेपाली विषयलाई पनि कमजोर हुने वातावरण नबनाउन सचेत गराए । 

नृत्य प्रतियोगितामा भिजन एकेडेमी कोटेश्वर पहिलो, विपुल शिक्षा निकेतन बौद्ध दोस्रो र नेरिक एकेडेमी शंकमूल तेस्रो तथा कान्तिपुर एकेडेमी जोरपाटी चौथो भएका छन् । प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथोदेखि दशौ स्थान प्राप्त गरेकाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।