Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका हेटौँडा
२०७६ भदौ १० मंगलबार ०६:४५:००
Read Time : < 1 मिनेट
प्रदेश

४१४ केजी गाँजा नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका हेटौँडा
२०७६ भदौ १० मंगलबार ०६:४५:००

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार चार सय १४ किलो सात सय ६२ ग्राम गाँजा नष्ट गरेको छ । प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेको लागुऔषध जलाएर नष्ट गरेको हो । गाँजा, कोरेक्स, नाइट्रोभेट, फेनार्गन, ब्युप्रोनोर्फिन, डाइजेल्याब, ट्रामा डी, क्याफ डी र डिकोलिक जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ । 

४ सय १४ केजी ७ सय ६२ ग्राम गाँजा, कोरेक्स १ सय बोतल, नाइट्रोभेट ६ सय ५५ ट्याब्लेट, फेनार्गन ४१, डाइजेल्याब ४१ एम्पुल, ट्रामा रेड, क्याफ डी र डिकोलिक ११ ट्यााब्लेट नष्ट गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

बरामदपछि कार्यालयमा सुरक्षित राखिएको लागुऔषध प्रहरीले भीमफेदी गाउ“पालिका १ स्थित खोलामा जलाएर नष्ट गरेको हो । जनप्रतिनिधि, स्थानीय बासिन्दा र पत्रकारको रोहवरमा लागुऔषध नष्ट गरिएको प्रहरी उपरीक्षक सिंहले बताए ।