मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ ९ सोमबार १३:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

रवि लामिछानेका समर्थकले निषेधाज्ञा तोड्न खोज्दा झडप 

Read Time : < 1 मिनेट
२०७६ भदौ ९ सोमबार १३:३८:००

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनको हाकिमचोक र जिल्ला प्रशासन कार्यालय चोकमा झडप भएको छ । लामिछानेका समर्थकले निषेधाज्ञा तोड्न खोजेपछि भएको झडपमा प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । झडपका क्रममा हाकिमचोकमा एउटा ट्रकमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रशासन चोकमा पनि एउटा  ट्रकमा  तोडफोड भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले प्रहरी कार्यालय, अदालत, चौविसकोठी क्षेत्रमा सोमबार दिनभरीलाई निषेधित घोषणा गरेको छ । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका लामिछाने, युवाराज कँडेल र अस्मीता कार्कीसँगको वयान सकिए पछि अहिले वहस सुरु भएको छ । 

आत्महत्यामा दुरूत्साहन कसुर प्रमाणित भए मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।