मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ ८ आइतबार १९:४८:००
Read Time : < 1 मिनेट
समाचार

बैंकिङ प्रणालीबाट भुक्तानी नगरे पारिश्रमिक नदिएको बुझिन्छ : मन्त्री विष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ ८ आइतबार १९:४८:००

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकहरुको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गरेका छन् । 

सामाजिक सुरक्षा कोषले आइतबार आयोजना गरेको होटल संघ नेपाल र मन्त्रालयबीचको संयुक्त अन्तरक्रियालाई सम्बोधन गर्दे मन्त्री विष्टले रोजगारदाताहरुलाई बैकिङ प्रणालीबाट पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेका हुन् । नगद भुक्तानी गरेमा श्रमिकले ज्याला प्राप्त गरेनन् भन्ने निष्कर्षमा सरकार पुग्ने उल्लेख गर्दै उनले त्यसपछि सरकार अर्को कदम चाल्न बाध्य हुने चेतावनी दिए । 

‘श्रमिकको पारिश्रमिक नगद भुक्तानी गरेको भेटियो भने श्रमिकले ज्याला प्राप्त गरेनन भन्ने निष्कर्ष हुन्छ,’ उनले भने, ‘त्यसपछि सरकार अर्को प्रकारको प्रक्रिया अगाडि बढाउन बाध्य हुन्छ ।’ कार्यक्रममा होटल संघ नेपाल कि अध्यक्ष श्रृजना राणाले राज्यले पर्यटन क्षेत्रलाई आर्थिक मेरुदण्डको रुपमा व्याख्या गरे पनि होटल व्यवसायलाई उद्योगको दर्जा नदिँदा राज्यबाट पाउने सुविधाबाट बञ्चित हुनुपरेको गुनासो गरिन् । उनले २० जना भन्दा कम कार्यरत होटल संचालक र श्रमिकलाई सामाजिक सुरक्षा योजना स्वेच्छिक हुने व्यवस्था गर्न माग राखिन् । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएपछि सामाजिक सुरक्षा कोषले क्षेत्र विशेषलाई प्राथमिकतामा राखेर अन्तरक्रियाहरु सञ्चालन गर्दे आएको छ ।