१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ ८ आइतबार १८:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नगरपालिकाले डोजर लगाएर भत्कायो मापदण्ड विपरीतका इटाभट्टा

Read Time : < 1 मिनेट
२०७६ भदौ ८ आइतबार १८:०८:००

काभ्रेको नमोबुद्ध नगरपालिकाले सम्झौता विपरित सञ्चालन भएका इटा भट्टा आइतबार डोजर लगाएर भत्काएको छ । नगरपालिकाले क्रेन र डोजर लगाएर इटा भट्टाका चिम्नी भत्काएको हो ।

नगरपालिकाले सम्झौताअनुसार असार मसान्तसम्ममा व्यवसायीहरूले भट्टा नभत्काएपछि ३५ दिने सूचना जारी गरेको थियो । व्यवसायीले अटेर गरेपछि नगरपालिकाले प्रहरीको सहयोगमा इटा भट्टा भत्काएको हो । नगरपालिका भित्रका ८ वटा भट्टा भत्काउने सूचिमा छ । नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाले व्यवसायीले सम्झौता अटेर गरेकाले भत्काइएको बताए । मापदण्ड विपरीतका भट्टा भत्काइएको उनले जानकारी दिए ।

भट्टा व्यवसायी लक्ष्मण महर्जनले सम्झौताअनुसार भत्काउने तयारीमा रहेका बेला नगरपालिकाले जबर्जस्ती गरको बताए । ‘कोठा सार्न त ३५ दिन म्याद चाहिन्छ,’ उनले भने, ‘उद्योग बन्दगर्न केही समय लाग्छ नै ।’ नगरपालिकासँग वैकल्पिक ठाउँ मागे पनि नदिएको उनले आरोप लगाए । नगरपालिकाले सम्झौता पनि घाटीमा निमोठेर गर्न लगाएको उनले बताए । 

व्यवसायीहरूले भट्टा जाने बाटोमा स्काभेटर र जेसिवीको अवरोध तेस्र्याए पनि नगरपालिकाले वैकल्पिक बाटोबाट गएर भट्टा भत्काएको थियो । 

तीन पक्राउ 
भट्टा भत्काउन खोजेपछि नगर प्रमुखविरुद्ध नाराबाजी गर्ने तीन जना व्यवासायीलाई प्रहरीले पक्राउ गरेको छ । नमोबुद्ध नगरपालिका ३ का किशोर दाहाल, भक्तपुर नगरपालिका ९ का राम सुवाल र भत्तपुर नगरपालिका ८ का राजन भैनालाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।