१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ ८ आइतबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार

रवि लामिछानेको बयान भोलि मात्र हुने

Read Time : < 1 मिनेट
२०७६ भदौ ८ आइतबार १७:३८:००

सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि आज जिल्ला अदालतमा अभियोगपत्र दायर भए पनि समय अभावले भोलिमात्र बयान हुने भएको छ ।

लामिछानेसहित पक्राउ परेको तीन जनामाथि सरकारी वकिल कार्यालयले आत्महत्या दुरुत्साहनमा ५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ । लामिछानेसँगै पक्राउ परेकी अस्मीता भन्ने रुकु कार्कीको मात्र बयान सकिएकोले आज थुनछेक बहस हुन नसकेको अदालतले जनाएको छ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणी गिरीले कार्कीको मात्र बयान सकिएको बताए । लामिछाने र युवराज कँडेलको बयान भोलि हुने उनले जानकारी दिए । बयान सकिएपछि थुनछेक बहस हुन्छ ।

थुनछेक बहसपछि मात्र थुनामा राख्ने कि छाड्ने भन्ने अदालतले आदेश दिन्छ । बयान नसकिएपछि तीन जनालाई प्रहरी हिरासतमा पठाइएकाे छ ।