१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ ८ आइतबार १६:०५:००
Read Time : < 1 मिनेट
अर्थ

प्रदेश र स्थानीय तहमा संघीय अनुरुप राजश्व सम्बन्धि ऐन बनाउन व्यवसायीको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ ८ आइतबार १६:०५:००

व्यवसायीहरुले राजश्व चुहावट नियन्त्रणका लागि राजश्वसम्बन्धि संघीय ऐन अनुरुपका प्रदेश र स्थानीय तहका ऐन बनाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको आइतबार बसेको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संसोधन विधेयक २०७५ माथिको छलफलका क्रममा उद्योग व्यवसायीले यस्तो सुझाव दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको राजश्व समितिका सभापति अशोक कुमार तोदीले स्थानीय तहले पनि राजश्व संकलनको अधिकार पाएकाले संघीय ऐन अनुसार प्रदेश र स्थानीय तहमा पनि भन्सार ऐन, अन्तशुल्क ऐन, आयकर ऐन र मूल्य अभिवृद्धि ऐनहरु बनाउनुपर्ने सुझाव दिएका हुन् ।

उनले नियन्त्रणमुखी समाज निर्माण भन्दा पनि काम गर्दै जाँदा सहज वातावरण बनाउने तर्फ सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखे । २०५२ देखि नै उद्योगहरुले विभिन्न किसिमका मार खेपिरहेको उल्लेख गर्दे राजश्व चुहावट भन्दा पनि राजश्व संकलन किन भएन भन्नेमा सरकारको ध्यान जानुपर्ने बताए ।

समितिले आइतबार राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन) विधेयक २०७५ माथि छलफल गरेको हो ।