१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ ८ आइतबार १५:११:००
Read Time : < 1 मिनेट
समाचार

रवि लामिछानेमाथि जिल्ला अदालत चितवनमा अभियोगपत्र दर्ता

५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ ८ आइतबार १५:११:००

जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।

पत्रकार सालिकराम पुडासैनीले गत २० साउनमा चितवनको भरतपुर महानगरपालिका १ स्थित कंगारु होटलमा आत्महत्या गर्नु अघि बनाएको भिडियोमा लामिछानेसहित तीन जनाले आत्महत्या गर्न बाध्य पारेको बताएका थिए ।

सोही भिडियोका आधारमा प्रहरीले लामिछाने, युवराज कँडेल र अस्मीता भनिने रुकु कार्कीलाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा रायसहितको फाइल बुझाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता प्रकाश थापाले फाइल अध्ययन गरेर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको बताए । ‘हामीले अभियोगपत्र जिल्ला अदालतमा पेश गरेका छौं,’ उनले भने, ‘अभियोगपत्रमा मुलुकी अपराध संहित २०७४ को १८५ बमोजिम ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गरेका छौं ।’

अभियोग पत्र दर्ता भएपछि अदालतले तीन जनासँग बयान लिन्छ । बयान भइसकेपछि थुनछेक बहस भएर अदालतले थुनामा राख्ने कि छाड्ने भन्ने आदेश दिन्छ ।