१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ६ शुक्रबार २०:३०:००
Read Time : < 1 मिनेट
विश्व

फाेन हराएकाे १९ वर्षपछि फेला, 'स्विच अन' गर्दा ७० प्रतिशत चार्ज बाँकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ६ शुक्रबार २०:३०:००

नोकियाको मोबाइल ३३१० एक पटक पुन: चर्चामा आएको छ । बेलायतको एलेस्मेरे द्विपमा बस्दै आएका केविन मूडीको घरमा १९ वर्ष पुरानो उक्त मोडलको मोबाइल फेला परेसँगै चर्चा भएको हो । जब उसले फोन स्विच अन गरे तब फोनमा ७० प्रतिशत चार्ज रहेको देखे ।

केविनले भनेका छन्, 'पछिल्लो दिनमा घरको चाबी हराएको थियो । चाबीका लागि दराज खोलेर खोज्दा फोन फेला पर्यो ।' उनले थपे, 'मैले १९ वर्ष पहिले यो फोन किनेको थिएँ । अहिले त मैले फोनको बारेमा भुलिसकेको रहेछु । मलाई याद नै थिएन कि मैले यो फोन कहिले चार्ज गरेको थिएँ ।' एजेन्सी