१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ ६ शुक्रबार २०:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आइजिपी खनालले चितवन प्रहरीको हिरासतमै भेटे रविलाई

पत्रकार पुडासैनी मृत्यु प्रकरण

Read Time : < 1 मिनेट
२०७६ भदौ ६ शुक्रबार २०:२२:००

आइजिपी सर्वेन्द्र खनालले आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमै पुगेर उनले लामिछानेलाई भेटेका हुन् । 

रुपन्देहीको एक कार्यक्रममा जानेक्रममा आइजिपी खनालले चितवन प्रहरीको हिरासतमा रहेका रवि लामिछानेसँग भेटेको प्रहरी सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । ‘रुपन्देहीको कार्यक्रममा जाने क्रममा चितवन प्रहरी कार्यालयको पनि अनुगमन गर्नुभएको हो । त्यसक्रममा रवि लामिछानेसँग पनि कुराकानी भएको हो । आइजीसा’पले अनुसन्धानमा सहयोग गरिदिनुपर्‍यो भनेर आग्रह गर्नुभएको हो,’ उनले भने ।

रुपन्देहीको कार्यक्रममा सहभागी हुन जाने क्रममा चितवन प्रहरी कार्यालयको पनि अनुगमन गर्नुभएको हो । त्यसक्रममा रवि लामिछानेसँग पनि कुराकानी भएको हो । आइजीसा’पले अनुसन्धानमा सहयोग गरिदिनुपर्‍यो भनेर आग्रह गर्नुभएको हो । - एसएसपी उमेशराज जोशी, सहप्रवक्ता, प्रहरी

न्युज २४ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा प्रस्तोता रविकै मातहतमा रहेर काम गरेका पत्रकार पुडासैनी २० साउनमा नारायणगढको पोखरा बसपार्कस्थित कंगारु होटेलको कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले उनको साथबाट बरामद गरेको मोबाइलमा मर्नुअघि रेकर्ड गरेको भिडियो फेला पारेको थियो । भिडियोमा पुडासैनीले रवि, पत्रकार युवराज कँडेल र युवती अस्मिता कार्की (रुकु)का कारण आफू आत्महत्या गर्न बाध्य भएको जनाएका छन् ।

प्रहरीले त्यही भिडियोका आधारमा तीनैजनालाई ३० साउनमा पक्राउ गरेको थियो । त्यसपछि उनीहरूलाई चितवन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । दोस्रोपटक थपिएको पाँच दिनको म्याद पनि आइतबारबाट सकिँदै छ । उनीहरूलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।