मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ६ शुक्रबार १९:२१:००
Read Time : < 1 मिनेट
सप्तरंग

फिल्म प्रतिक्षामा शाहरुख खानका प्रशंसक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ६ शुक्रबार १९:२१:००

बलिउडका बादशाह भनेर चिनिने शाहरुख खान गत वर्ष आएको ‘जेरो’ फिल्मपछि पर्दामा देखिएका छैनन् । पर्दामा नदेखिए पनि भारतमा उनका प्रशंसक भने धेरै छन् । ९० को दशकमा धेरै सुपरहिट फिल्म दिएका खानलाई प्रेम गर्ने प्रशंसकको कमी छैन ।

आनन्द एल रायको निर्देशनमा बनेको फिल्म जिरोले बक्स अफिसमा खासै कमाल देखाउन सकेन् । दुई सय करोड भारुमा बनेको फिल्मले जम्मा १ सय ८६ करोड मात्र आम्दानी गरेको थियो । यो फिल्मपछि शाहरुखले केही समय अभिनयबाट विश्राम लिएका छन् । फिल्ममा शाहरुखको लामो अनुपस्थितिले उनका प्रशंसकलाई भने छटपटी भएको छ । 

रोमान्टिक अभिनयका लागि ख्याती कमाएर शाहरुखका प्रशंसक उनलाई फिल्म खेल्न अनुरोध गर्दै सामाजिक सञ्जालमा सक्रिय भएका छन् । ट्वीटरमा 'वि मिस शाहरुख अन विग स्किृन' भन्ने ह्यासट्याग बनाएर प्रशंसकले उनलाई याद गरेका छन् । एक प्रशंसकले उनलाई आगामी फिल्मको नाम सार्वजनिक गर्न आग्रह गरेका छन् । तर अहिलेसम्म शाहरुखले आफ्नो आगामी फिल्मको कुनै घोषणा गरेका छैनन् । एजेन्सी