मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ ५ बिहीबार २२:१२:००
Read Time : > 3 मिनेट
प्रदेश

वीरगन्जमा नाला निर्माणमा करोडौं खर्च, डुबान भने रोकिएन्

Read Time : > 3 मिनेट
२०७६ भदौ ५ बिहीबार २२:१२:००

वीरगन्जमा डुबान समस्या समाधान गर्न पौने ३ अर्ब खर्च भइसके पनि समस्या भने समाधान भएको छैन् । एशियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा दुई अर्ब ७७ करोड खर्चेर भूमिगत नाला र ढल निर्माण गरिएको छ । तर पानी परेपछि वीरगन्ज महानगरपालिकाको मुर्ली, पानीट्याङ्की, श्रीपुर, नगवा, भिष्वा, इनर्वा, छपकैया, रानीघाट, गोश्वार लगायतका स्थान डुवान हुने गरेको स्थानीय बताउँछन् । 

एडिबीको ऋण अनुदानमा मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजनाले महानगरको आर्दशनगर ,पानीटंकी, नेशनल मेडिकल कलेज रोड, टाउन हल चोक, लक्ष्मणवा, त्रिशुल चौक, श्रीपुर लगायतको ठाँउमा भूमिगत नाला र ढल निर्माण गरिएको छ । नाला बनेको ठाउँमा पनि पानी परेपछि मुख्य सडक डुबानमा हुन्छन् । डुवान कति सम्म हुन्छ भने, ट्राफिक सजाम नै हुन्छ । डुवानले गर्दा पैदल यात्रु सडकमा ओहोरदोहोर गर्न नसक्ने अवस्था हुन्छ । नाला निर्माण भए पनि पानी निकासको लागि नगरपालिका वा निर्माण ठेकेदार कम्पनीबाट डाइभर्सनको व्यवस्था नगरिएकोले शहरका भित्री भागहरू डुवानमा परेको आरोप स्थानीयले लगाएका छन् । 

वर्षाका बेला हुने गरेको डुबान समस्या समाधान गर्ने उदेश्यले भूमिगत नाला र ढल निर्माण गरिएको हो । ठूलो लगानीमा नाला बनाइए पनि यस वर्षको झरीमा पहिलेको भन्दा बढी पसल र घर डुबानमा परेको आदर्शनगरका व्यपारीहरुले बताए । वर्षाका कारण यसवर्ष आदर्शनगर क्षेत्रमा मात्रै दुई सय भन्दा बढी पसल र सयभन्दा बढी घर तीन दिनसम्म डुबानमा परेको व्यापारी ऋषभ अग्रवाल बताउँछन् । ‘झन यो वर्ष डुवान समस्या बढ्यो,’  उनले भने् । 

वर्षाले डुवान हुँदा मुख्य आर्थिक कारोबार हुने आदर्शनगरका व्यापारिक प्रतिष्ठान, गोदाम तथा पसलका धेरै धनमाल नष्ट हुने गरेको छ । पानी पर्दा सहरका विभिन्न भाग पनि डुबानमा पर्दे आएका छन् । आदर्शनगरमा प्रकृतिक बहाव पुरेर बनाइएको साँघुरो नालाले पानी तान्न नसक्दा डुबानको समस्या बिकराल बनेको स्थानीयको बुझाइ छ । व्यापारीले बर्षा मात्र नभएर महानगरपालिका कार्यालय र मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाको गलत डिजाइनले गर्दा क्षति बढि भएको आरोप लगाएका छन् । 

आर्थिक तथा व्यापारिक नगरी वीरगन्ज जलमग्न बन्दा करोडौंको क्षति पुग्नुका साथै जनजीवन अस्तव्यस्त बन्न पुग्छ । मुख्यबजार आदर्शनगरमा चार फिटसम्म पानी जम्छ । लगातारको पानी र सिर्सिया नदीको बढी पसेर नोक्सान गर्छ । आदर्शनगर क्षेत्रको सामुदायिक संस्था ग्रिन सिटीका अध्यक्ष प्रकाश खेतानले भने पसल, व्यापारिक प्रतिष्ठान, गोदाम र ट्रान्सपोर्ट गरी करिब २ सय ५० भन्दा बढी फर्ममा बाढीले क्षति पुरयाउने गरेको बताए ।

वीरगन्ज महानगरपालिकासँग सम्झौता गरेर एशियालि विकास बैकको ३ अर्बको परियोजनामा काम गरेको हो । मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजना परीयोजनाका व्यवस्थापक इन्जिनियर शैलेन्द्र श्रेष्ठ परीयोजनाले गरेको डिजाईनमा गल्ती नभई फोहोरले पानीको निकास थुनेको बताउँछन् । 

पानीको निकास हुने ठाउँ फोहोरले भरिएर खुम्चिएको उनले बताए । महानगरपालिका भित्रको पानी निकास हुने सिर्सिया नदी र सिंगहा नदी दिन प्रतिदिन फोहोरले खुम्चीदै गएको छ,’ उनले भने, ‘वीरगन्जबासीले फोहोर फाल्दा ध्यान नदिएकाले समस्या आएको हो ।’ उनले एडिबिले निर्माण गरेको ढल तथा नालाको डिजाईनमा दोष नरहेको उल्लेख गरे । मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजनाका प्रमुख श्रेष्ठले नदिमा फाल्ने गरेको फोहोर सफाइ गरे डुवान समस्या नहुने बताउँछन् । 

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख वीजय कुमार सरावगीले विगतमा महानगरबासीले गरको गल्ती अहिले हामीले भोग्दै आएको बताएका छन । उनले महानगर भएपछि समस्या नभई २०२१-०२२ सालको नापि अनुसार जग्गालाई छुटयाएर नदिलाई निकालेपछि समस्या नहुने बताए । महानगरको पानी निकास हुने क्षेत्रमा आउटलेट कमजोर नगरबासीले गरेका छन, उनले भने,‘ वीरगन्जमा परीयोजनाले गरेको काम आफनो हिसाबले राम्रो गरको छ , तर महानगरबासी घरको सरसफाई गरेर नदिमा फाल्ने विगतमा गरेको भए अहिले समस्या नहुने दावी गरे । नगरप्रमुख सरावगीले अहिले महानगरबासीलाई अरुलाई दोष नदिन आग्रह गर्दे ठुलो पानी परेपछि निकास भएको नदिको मुहान बन्द भएपछि शहर डुबानमा परेको हुन्छ, विगतको दिनमा नगरबासीले गल्तीले नगर्दा अहिले वर्षातमा सबैतिर डुबानमा कसरी हुन्थ्यो ।

मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजना परीयोजनाका व्यवस्थापक ईन्जिनियर श्रेष्ठलेमहानगरपालिकाभित्र एडिबि परियोजना अन्तर्गत सडक, ढल र नाका निर्माण कार्य गर्नेलाई जिम्मेवारी लिएको प्रष्ट पारे ।उनले भने,‘ परीयोजनाले निर्माण गर्दा विगत १४ बर्ष पहिले नदिको चौडाई जति थियो , त्यति छैन, श्रेष्ठले भने,‘ अहिले विगत भन्दा आधा नदिको फोहोरले खुम्चीएको छ ,जसका कारण अधिकांश पानी पर्दा पानीको बहाव नदिमा बढेपछि महानगरको पानी तान्नमा समस्या हुने गरेको बताए ।नदिको सफाईमा ध्यान दिए डुबानको समस्या नगरवासीले समस्या खेप्नु पर्ने समस्या बाट जोगिने बताए । 

मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजनाले महानगरमा गरेको भुमिगत ढल तथा नाला डिजाईनमा समस्या नभएको वीरगन्जका सस्कृतिविद् उमाशंकर द्धिवेदीले बताए । वीरगन्जका अधिकांश सडक बर्षामा तालमा परिणत हुने समस्या विगत देखिनै रहेको उनी बताउँछन् । ‘विगत भन्दा महानगरपालिकामा पानी पर्दा जम्ने वा डुवान हुने अलि घटेको छ,’ उनले भने, ‘परीयोजनाले निर्माण गरेको ढल तथा नालालाई महानगपालिका कार्यालयले नियमित रुपमा सरसफाइ गरे डुबानमा कमी आउँछ ।’

वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि डुबान भएका क्षेत्रको पानी निकाल्न महानगरपालिकाका कर्मचारी सक्रिय हुन्छन । नाला सफा नभएको कारण वर्षाको पानीले निकासी पाउन नसकी तीन फिटसम्म पानी जम्छ । वीरगन्जमा डुबान सधैका लागि समाप्त हुने योजना अनुसार तीन सय करोड रकम खर्चेर भुमिगत नाला र ढल बनाइएपनि कस्तो बन्यो भन्ने स्थानीयलाई थाहा छैन् ।  कस्तो र कहाँ बन्यो भन्ने खोजी नहुने गरेकाले अनियमितता बढाउने गर्छ ।