१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ५ बिहीबार १८:५३:००
Read Time : < 1 मिनेट
समाचार

भारत संयुक्त आयोगको पाचौं बैठकबारे संघीय संसदलाई जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ५ बिहीबार १८:५३:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल-भारत संयुक्त आयोगको पाचौं बैठकबारे संघीय संसदलाई जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय लिएर बोल्दै उनले बैठकले गरेका निर्णय र छलफलका विषय बारे जानकारी गराएका हुन् । उनले गत १५ महिनामा दुईदेशका प्रधानमन्त्रीहरुले ४ पटक उच्चस्तरको संवाद गरेको र त्यसयता नेपाल भारत सम्बन्ध पनि नयाँ गति र उचाईमा पुगेको अनुभव आफूहरुले गरेको स्पष्ट पारे । बैठकले १९५० को सन्धिको पुनरावलोकनको ठोस खाका तय गर्नका लागि दुवै देश का परराष्ट सचिवलाई मार्ग चित्र ल्याउन र प्रबुद्ध वर्गको प्रतिवेदन बुझाउन सचिवालयलाई आवश्यक तयारी गर्न भनेको जानकारी दिए ।

उनले बैठकमा १९५० को सन्धिको पुनरावलोकन र नेपाल भारत प्रबुद्ध वर्गको प्रतिवेदन पेस गर्ने सन्र्दभमा पनि छलफल भएको र आवश्यक निर्देशन पनि भएकाले प्रतिवेदन कार्यान्वयन हुनेमा आफु विश्वस्त रहेको बताए । ज्ञवालीले दुवै देशका साझा हितलाई निरन्तरता दिने तथा अन्तरदेशीय रेलमार्ग लगायत विषयलाई पनि बैठकले प्राथमिकता दिएको स्पष्ट पारे ।

बैठकमा मुख्य गरि राजनीतिक सुरक्षा र सीमा, कनेक्टीभिटी र आर्थिक सहयोग, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति एवं शिक्षा लगायत विविध विषयमा छलफल भएको थियो ।

यसअघि प्रश्नोत्तर कार्यक्रम अन्र्तगत सांसदहरुले राखेको मौखिक प्रश्नको जवाफ दिदै उनले नेपाल भारतसँग विगतमा भएका सन्धिहरुको समग्र पुनरावलोकनको पक्षमा रहेको स्पष्ट पारेका थिए । उनले विगतका सन्धि सम्झौताको लाभ र हानीहरु, तात्कालिन पृष्ठभूमि र सन्र्दभलाई सरकारले गहिराइका साथ अध्ययन गरिरहेको स्पष्ट पारे । बेलायती सेनामा भर्ना भएका नेपाली सेनाको समस्या सम्बोधन हुनुपर्छ भन्ने विषयलाई नेपाल सरकारले गम्भीरतापुर्वक लिएको र राष्ट्रिय हित अनुकुल हुने गरि सम्बोधन गर्नुपर्छ भन्नेमा सरकार दृष्ढ रहेको बताए ।