१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ ४ बुधबार १४:१८:००
Read Time : < 1 मिनेट
समाचार

सुस्ता गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

Read Time : < 1 मिनेट
२०७६ भदौ ४ बुधबार १४:१८:००

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले बुधबारदेखि एम्बुलेन्स सेवाको सुरुवात गरेको छ । प्रदेश ५ सरकारले सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरीद गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमको व्यवस्थापनमा बुधबार सदरमुकाम परासीमा  औपचारिक कार्यक्रमको आयोजना गरी प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरणपछि मन्त्री बरालले जनाताको स्वास्थ्य शिक्षाको क्षेत्रमा अनवरत रुपमा सेवा सुविधा पुर्याउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । यस्तै प्रदेश मातहतमा रहेका विभिन्न अस्पतालहरुको स्तर बृद्धि गर्दै दक्ष चिकित्सकको व्यवस्थापन गर्ने उनले बताए । 

त्यसैगरी इन्जिनियरिङ्ग, एम. ए .सि., कानुनको माथिल्लो तहको एल .एल .बी. जस्ता शिक्षा प्रदेशभित्र संचालन गर्न कार्ययोजना निर्माण गरिने उनले बताए । 

सुस्ता गाउँपालिकासँगै विनयी त्रिवेणी गाउँपालिकाको ६ र ७ वडा र प्रतापपुर गाउँपालिकाको केही स्थानीय एम्बुलेन्स सेवाबाट लाभान्वित हुने सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।