मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ ४ बुधबार १२:१९:००
Read Time : < 1 मिनेट
समाचार

पत्रकार थपलियालाई तीन दिन भित्र अदालत उपस्थित गराउन सर्वाेच्चको आदेश

Read Time : < 1 मिनेट
२०७६ भदौ ४ बुधबार १२:१९:००

पत्रकार तथा साहित्यकार खेमराज थपलियालाई तीन दिन भित्र अदालत उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष जन्मदेव जैसीले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

रिटमाथि मंगलबार भएको बहसपछि सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिहं रावतको एकल इजलासले सो आदेश दिएको हो ।

थपलियालाई गत २५ साउनमा काठमाडौंको बागबजारस्थित जलजला पत्रिकाको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।