मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ भदौ ४ बुधबार ११:२९:००
Read Time : < 1 मिनेट
समाचार

कानुन कार्यान्वयनमा कठोर बन्नुहोस् : आइजिपी खनाल 

Read Time : < 1 मिनेट
२०७६ भदौ ४ बुधबार ११:२९:००

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आक्रामक रूपले प्रस्तुत भई विवेकपूर्ण कानुनी कठोरताको नीति अपनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । संघीय प्रहरी इकाइ कार्यालय पोखराको नवनिर्मित भवन उद्घाटनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । 

उनले सोही परिसरमा निर्माण हुन लागेको प्रहरी ब्यारेक भवनको पनि शिलान्यास गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको सहयोगमा प्रहरी भवन निर्माण भएको हो ।

शान्ति सुरक्षामा खलल पु¥याउने जुनसुकै गतिविधि प्रहरीलाई क्षम्य नहुने भन्दै आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनअनुसार कारबाही गर्न जोड दिए । आपराधिक क्रियाकलाप न्यूनीकरणसँगै नामेट पार्न प्रहरीले आक्रमक प्रस्तुत र विवेकपूर्ण कानुनी कठोरताको नीति अपनाउन उनको निर्देशन थियो । नागरिकको सुरक्षाका लागि प्रहरी हरदम तत्पर रहेको प्रस्टाउँदै महानिरीक्षक खनालले विकृति विसंगति न्यूनीकरण गरी दण्डहीनताको अवस्था अन्त्य गरी नेपाल प्रहरी दक्षिण एसियाकै अब्बल संगठनका रूपमा उभिएको दाबी गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले प्रहरीले लगाएको नीलो बर्दी प्रहरी पोसाक मात्रै नभई जनताको आस्था, विश्वास एवं भरोसा भएको बताए । उनले प्रहरीप्रतिको यो विश्वासलाई बरकरार राख्न तत्पर रहेको बताए । संगठनप्रतिको भावना र मर्मअनुरूप निरन्तर संगठनको शुद्धीकरण, सुदृढीकरण र व्यावसायिक निष्ठायुक्त सेवा प्रवाहमा प्रहरी लागिरहेको उनको भनाइ थियो ।